आज कुकुर तिहारः यसरी सघाएका छन् कुकुरले

164

काठमाडौं– तिहारको दोस्रो दिन आज कुकुर तिहार हो । हिन्दु नेपालीले मंगलरबार कुकुरलाई पूजा गरी कुकुर तिहार मनाउँदैछन् ।
अपराध अनुसन्धाानमा सघाउने भएकाले नेपाल प्रहरीले पनि २०२६ सालदेखि कुकुरको पूजा गर्दै आएको छ । प्रहरीले अनुसन्धान गर्न नसकेका धेरै जटिल कामहरू कुकुरको सहायताले फत्ते गरेको विवरण जानकारी पाएपछि उक्त टे«निङ पश्चात् नेपाल प्रहरीले ४ वटा तालिमप्राप्त कुकुर किनी २०२६ सालबाट कुकुर सेवा सुरु गरेको हो ।


पछि नेपाल प्रहरीले २०३२ सालमा प्रहरी कुकुर सेक्सन स्थापना नै गरेर औपचारिक रुपमा अनुसन्धानका लागि कुकुर पाल्न थालेको थियो। उक्त सेक्सनलाई विकास गर्दै प्रहरीले २०४७ सालमा केन्द्रीय कुकुर तालिम केन्द्र नै बनाएको छ। त्यस्तै प्रहरीले तत्कालीन पाँच वटै विकास क्षेत्रमा क्षेत्रीय कुकुर शाखाको समेत स्थापना गरेको थियो । प्रहरीसँग अहिले काठमाडौं, पोखरा, कोहलपुर, हेटौंडा र धरानमा गरी ७८ वटा तालिमप्राप्त कुकुर छन् ।

नेपाल प्रहरीले कुकुरको सहायताले अन्य धेरै कामहरू गरेको छ। ठमेल र बसपार्क क्षेत्रबाट कुकुरकै सहायताले प्रहरीले ठूलो मात्रामा लागू औषध बरामद गरेको छ। प्रहरीको कुकुरले २०६९ मंसिर २७ गते लागू औषधका मुख्य नाइके भारतीय नागरिक पुतन खानसहित दुई जनालाई पक्रन सफल भएको थियो । प्रहरीले प्रहरी मात्र नभई सर्वसाधारणको सुरक्षाका लागि समेत गुण लगाउँदै आएको छ । सोही गुणका कारण कुकुरलाई वर्षको एक दिन पूजा गर्ने क्रम बढिरहेको पाइन्छ ।

Womui
Womui