अबदेखि अनलाइन प्रणाली मार्फत शेयर कारोबार

165

छिनछिन खबर
काठमाडौं, कात्तिक १९ । लामो समयको प्रतिक्षापछि शेयर कारोबार अनलाइन प्रणाली मार्फत हुने भएको छ । नेपाल स्टक एक्सचेञ्जले कार्तिक २० गतेदेखि औपचारिक रुपमा अनलाइन कारोबार सुरु गर्ने बताएको छ । लगानीकर्ताले पुरानै प्रक्रियाबाट शेयर खरिद बिक्रीको आदेश दिनेछन् तर ब्रोकरले भने अनलाइन प्रणाली मार्फत नै नेप्सेमा शेयर कारोबार गर्ने आदेश पठाउने र केही दिन पश्चात मात्र लगानीकर्ताको लागि खुल्ला हुनेछ । अनलाइन मार्फत जुनसुकै स्थानबाट पनि शेयर खरिद बिक्री गर्न सकिने भएकाले लगानीकर्ताहरु यसको ब्यग्र प्रतिक्षामा रहेका थिए । अहिले शेयर खरिद बिक्री गर्न लगानीकर्ता शेयर दलालको कार्यालय जानै पर्ने हुन्छ ।

कसरी गर्ने अनलाइन कारोबार ?

अनलाइन मार्फत शेयर खरिद बिक्री गर्न चाहने लगानीकर्ताले शेयर खरिद बिक्री गर्दै आएको ब्रोकर कार्यालयबाट युजरनेम र पासवर्ड लिनु पर्ने हुन्छ । जसका लागि लगानीकर्ताको हितग्राही खाता नम्बर, बैंक खाता नम्बर, इमेल र फोन नम्बर सहितको विवरण फारम ब्रोकर कार्यालयमा बुझाउनु पर्ने हुन्छ । त्यस पश्चात ब्रोकरले लगानीकर्ताको युजर नेम र पासवर्ड नेप्सेको सिस्टममा कनेक्ट गर्ने छ । सिस्टममा कनेक्ट भएपछि नेप्सेले युजर नेम र पासवर्ड लगानीकर्ताको इमेलमा पठाउने छ । युजर नेम र पासवर्ड पाइसकेपछि लगानीकर्ताले आफू अनुकुल पासवर्ड परिवर्तन गरेर शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

अनलाइन प्रणाली मार्फत कारोबार गर्नका लागि सर्वप्रथम ब्रोकर र लगानीकर्ता बिच सम्झौता पत्रमा हस्ताक्षर हुनुपर्ने छ ।
अनलाइन शेयर खरिद बिक्री आदेश दिँदा इन्टरनेटको मध्यमबाट लगानीकर्ताको हितग्राही खाता ब्रोकरका माध्यमबाट सिधै नेप्सेमा जोडिन्छ । नेप्सेले शेयर आदेशको तथ्याङ्क सङ्कलन गर्न सीडीएस एन्ड क्लियरिङमा पठाउँछ । सीडीएसले तथ्याङ्क सङ्कलन गरेपछि पुनः लगानीकर्ताको खरिदबिक्री आदेश नेप्सेमा पठाउँछ । त्यसपछि नेप्सेले उक्त आदेश पुनः ब्रोकर कम्पनीलाई पठाउँछ ।

Womui
Womui