कार्यकर्ता हत्याको विरोधमा काँग्रेसले गर्यो सर्लाही बन्द

95

छिनछिन खबर
सर्लाही,कात्तिक १८ । नेपाली काँग्रेस सर्लाहीले आइतबार सर्लाही जिल्ला बन्द गरेको छ । बन्दको आंशिक असर परेको छ ।रामनगर गाउँपालिका स्थित आफ्ना कार्यकर्ताको हत्या र र ७ जना घाइते भएको घटना प्रति सरकारले वास्ता नगरेको भन्दै आइतबार सर्लाही जिल्ला बन्द आह्वान गरेको हो । सर्लाहीको सदरमुकाम मलंगवाबाहेक अन्यत्र बन्दको असर परेन ।

सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर ४ स्थित बहुअर्वा गाउँमा एक कार्यकर्ताको हत्या र आधा दर्जन भन्दा बढी घाईते भएको घटनाप्रति सरकारले उदासिनता देखाएको भन्दै काँग्रेसले विरोधस्वरुप आइतबार बन्द आव्हान गरेको हो ।घटना भएको एक साता वित्दा पनि सरकारले माग प्रति वेवास्ता गरेकाले पार्टीद्वारा पूर्वघोषित कार्यक्रम अन्तर्गत आईतबार सर्लाही जिल्ला बन्दको घोषणा गरेको नेपाली काँग्रेसबाट निर्वा्चित क्षेत्र नं. ४ का संघीय सांसद अमरेशकुमार सिंहले जानकारी दिए ।काँग्रेसका कार्यकर्ताले ११ बजेदेखि १२ बजेसम्म १ घण्टा नवलपुरस्थित पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका थिए ।

सो राजमार्गमा गरेको अवरोधका कारण दर्जनौं सवारी साधन तथा सैकडो यात्रु अलपत्र परेका थिए ।गत सोमबार घरबाट कार्यालय जाँदै गर्दा बाटोमा रामनगर गाउँपालिका–४ का वडाअध्यक्ष रामनरेश महतोलाई सत्तारुढ नेकपाका कार्यकर्ताहरुले कुटपिट गरी गम्भिर घाइते बनाएको काँग्रेसको दावी छ । सोघटनाको भोली पल्टै नेकपा र काँग्रेस कार्यकर्ता विच झडप हँुदा वडाअध्यक्ष महतोका काका रामविलास महतोको गोली लागि मृत्यु भएको थियो ।उनलाई नेकपा कार्यकर्ताले गोली हानेको काँग्रेसको दावी भएपनि नेकपाले त्यसको खण्डन गर्दै आएको छ ।काँग्रेसले मृतकलाई शहिद घोषणा, घाइतेहरुको निःशुल्क उपचार, मृतकका परिवारलाई क्षतीपूर्ती, दोषिलाई तत्काल कडा कारवाही लगायत ४ सुत्रीय माग सहित गत बुधबार जिल्ला प्रशासन कार्यालय सर्लाही मार्फत गृह मन्त्रालयलाई ज्ञापत्र पत्र पठाएको थियो

अस्पतालमै शव
गोली लागि मृत्यु भएका ५५ वर्षीय रामविलास महतोको शव एक साता वित्न लाग्दा पनि जिल्ला अस्पतालको शवगृहमै छ । पार्टीको माग पूरा नहुञ्जेलसम्म शव नउठाउने काँग्रेसले जनाएको छ ।

Womui
Womui