भारतमा विश्वकै अग्लो मूर्ति, कति लाग्यो होला खर्च ?

116

एजेन्सी– गत बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘विश्वकै सबैभन्दा ठूलो मूर्ति’ अनावरण गरे। भारतमा ’लौह पुरुष’ का नामले परिचित सरदार बल्लभ भाई पटेलको उक्त मूर्तिलाई भारत सरकारले ‘स्टाच्यु अफ युनिटी’ को नाम दिएको छ । भारतको गुजरातस्थित अहमदाबद सहरबाट करिब २ सय किलोमिटर दूरीमा रहेको सो मूर्ति बनाउन करिव तीन हजार करोड भारतीय रुपियाँ खर्च भएको सरकारले बताएको छ ।


दक्षिणी गुजरातको नर्मदा जिल्लामा रहेको सो मूर्ति राखिएको स्थान आसपासका स्थानीयबासीले मूर्ति बनाउने खर्चले स्थानीय कृषकका आवश्यकता पूरा गर्न खर्च गरेको भए बरु त्यसले सार्थकता पाउने थुप्रै प्रतिक्रिया आएका छन् । नर्मदा नदी किनारमा बस्ने किसानको अवस्थामा आमूर सुधार आइहाल्न त केही समय अझै कुर्न पर्ने हुन सक्थ्यो । तर कम्तिमा पनि सो क्षेत्रमा सिँचाईका लागि पानीको समस्या न्यूनीकरण गर्न सकिन्थो ।

किसान बेखुशी
३९ वर्षीय विजेन्द्र ताडवीको गाउँ मूर्ति निर्माण भएको ठाउँबाट १२ किलोमिटरको मात्र दूरीमा पर्छ र उनको स्वामित्वमा रहेको तीन एकड (१२ बिघा) जमिनमा उनले खुसार्नी, मकै र बदामको खेती गर्छन् । भारतका अन्य किसानजस्तै ताडवी पनि खेतीका लागि मौसमी पानीकै भर पर्छन् । त्यहाँका अधिकांश किसान बोरिङको पानीबाट सिँचाई गर्छन् । ’नर्मदा नदीको नजिक भएर पनि खेतमा सिँचाई गर्न हामीलाई पानीको अभाव छ । त्यसैले सिँचाई समस्या यस भेगका किसानको सबैभन्दा ठूलो समस्या हो । सन् २०१५ देखि विजेन्द्रले घरव्यवहार चलाउन सहज हुने सोचले मूर्ति बनाउने ठाउँमा सवारी चालकका साथै कृषिको काम पनि गरेका थिए ।

गुजरात सरकारको एक रिपोर्टलाई आधार बनाउँदै विजेन्द्र बताउँछन्, ’मूर्ति बनाउन तीन हजार करोड रुपियाँ खर्च भएको भनिएको छ । त्यसको आधाभन्दा धेरै खर्च गुजरात सरकारले व्यहोरेको छ भने बाँकी रकम केन्द्र सरकारले खर्चेको छ । तर स्थानीयको जीवनस्तर सुधार हुन सकेको छैन ।’ एक रिपोर्टका अनुसार उक्त मूर्ति बनाउन सार्वजनिक रुपमा चन्दा संकलन पनि गरिएको थियो । त्यसैले उनीजस्ता किसान गुजरात सरकारको यो निर्णयबाट खुशी छैनन् । विजेन्द्र भन्छन् ‘सरकारले त्यो ठूलो मूर्ति बनाउन गरेको खर्च सुख्खापीडित किसानका लागि खर्च गरेको भए उत्तम हुने थियो।’

राजनीतिक खेल
सरदार बल्लभ भाई पटेलको जन्म गुजरातमा भएको थियो । भारत स्वतन्त्रता अन्दोलनमा उनको भूमिका उल्लेख्य थियो । भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१० मा गुजरात सरकारको मुख्यमन्त्री हुँदा नै सरदार बल्लभ भाई पटेलको मूर्ति निर्माणको घोषणा गरेका थिए । विगत केही वर्षयता भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीले सरदार बल्लभ भाई पटेललाई ‘हिन्दू राष्ट्रवादी नेता’ को रुपमा प्रस्तुत गर्ने कोसिस गरेका थिए । यसका साथै विपक्षी दल कांग्रेसले आफ्ना नेताको उचाई घट्ने महसुस गरेर पटेललाई ओझेलमा पारेको भाजपाको आरोप छ। पण्डित जवाहरलाल नेहरुको छवि बढाउन र आफ्नो वंशलाई भारतीय राजनीतिमा स्थापित गर्न कांग्रेसले सरदार पटेललाई ‘खेलबाट सधैँ बाहिर’ नै राखेको उनीहरुको आरोप छ ।

सपना ठूलो
गुजरातमा सबैभन्दा गरिब, पिछडिएका र आदिबासी बस्ने विजेन्द्रको गाउँ नर्मदा जिल्लामा त्यत्रो रकम खर्च गरी मूर्ति बनाउन आवश्यक थिएन। सो जिल्लाका मानिसलाई बिहानको छाक टरेपछि बेलुका के खाने भन्ने पिरोलोले छोडेको छैन। प्राथमिक तहमा भर्ना हुने विद्यार्थीको दर घटेको छ भने कुपोषणको शिकार भएका मानिस अझै प्रशस्तै भेटिन्छन् । यस क्षेत्रका समस्याका विषयमा सन् २०१६ मा गुजरात सरकारले जारी गरेको रिपोर्टमा उल्लेख छ । तर गुजरात सरकार यो विशाल मूर्तिको अनावरणपछि नर्मदा जिल्लाको आर्थिक स्थिति बदलिने भ्रममा छ । मूर्ति हेर्न वार्षिक २५ लाख मानिस यहाँ आउने र यहाँका स्थानीयबासीको दैनिकी परिवर्तन हुने सरकारको विश्वास छ । पटेल मेमोरियल परियोजनामा खटिएका वरिष्ठ अधिकारी सन्दिप कुमार भन्छन्,‘यो परियोजना सम्पन्न भएपछि स्थानीयले रोजगारीका अवसर प्राप्त गर्नेछन् र यहाँ आउने पर्यटकका माध्यमबाट यहाँका मानिसको आम्दानी बढ्नेछ।’

उब्जिएका केही प्रश्न
तर सरकारले विश्वास गरेको कुरा व्यवहारमा लागू नहुने स्थानीयको तर्क छ। स्थानिय तथा आदिवासी अभियानकर्ता लखन भन्छन्, ‘हामी सरकारलाई सोध्न चाहन्छौं, किन सरकारले स्थानीयलाई सिधै फाइदा पुग्ने योजना ल्याएनरु स्थानियलाई सहयोग पुग्ने गरी सिँचाई र पानीको सहयोग ल्याइने भनिएको थियो तर वास्तिवक परिर्वतन भएकै छैन ।’ तत्कालीन मुख्यमन्त्रीको हैसियतमा नरेन्द्र मोदीले यहाँका किसानसँग कर्जन बाँधको पानीले सिचाईको सुविधा दिइने बाचा गरेका थिए। यो सन् २०१३ को कुरा थियो। तर मोदीको ‘कमाण्ड एरिया’ भएपनि मोदोको बाचा पूरा भएको छैन। तर मोदी भने मुख्यमन्त्रीबाट प्रधानमन्त्री बनिसके। स्थानीयका समस्या ज्युँका त्युँ छन्। विजेन्द्र तावडीजस्ता किसानले कहिल्यै सिँचाईको सुविधा पाएनन् । तावडी भन्छन्, ‘पानीको समस्याका कारण यहाँका किसान प्रत्येक साल दुई बाली मात्र खेती गर्न पाउँछन्। पानी र सिचाईको सुविधा भएको भए कम्तिमा पनि तीन पटक खेती गर्न सकिन्थ्यो ।

नर्मदा जिल्लाको वस्तुस्थिति
२०११ मा भारतमा भएको जनगणनाअनुसार नर्मला जिल्लाका करिब ८५ प्रतिशत मानिस खेती गर्छन्। धेरै किसानसँग तीन(चार एकड जमिन छ। किसानका हक हितका लागि काम गर्ने लखनले भने, ‘नर्मदा नदीको पानी गुजरातका दुरदराजका गाँउमा त पुग्छ तर मूर्ति नजिक रहेका गाउँमा सिँचाइको व्यवस्था छैन ।’त्यहाँका जिल्ला अधिकारीले बीबीसीसँग कुरा गर्दै भनेका छन्, ’यो समस्याको जाँच गरिन्छ र सबै किसानले पानी पाउने व्यवस्था गरिन्छ ।’भारत सरकाले प्रस्तुत गरेको तथ्यांकअनुसार भारतको आधाभन्दा बढी जनसंख्या कृषिमा आश्रित छ। तर राष्ट्रिय अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान १५ प्रतिशत मात्रै छ । अधिकांश मानिस कृषक रहे पनि भारतको कृषि विकास दर खुम्चिएर १ दशमलव २ प्रतिशतमा झरेको छ। बैंकसँग लिएको कृषि लोन चुक्ता गर्न वर्षौंदेखि संघर्ष गरिरहेका छन्।

भारतका किसान
गत महिना किसानले दिल्ली बोर्डरमा बृहत् प्रर्दशन गरेका थिए। महाराष्ट्रका किसानले पनि प्रर्दशन जारी राखेका छन्। गत वर्ष तमिलनाडुका किसानले दिल्लीमा लामो समय प्रर्दशन गरेका थिए । यी सबै प्रर्दशनमा किसानको ऋण माफी गर्नुपर्ने र कृषकलक्षित योजना कार्यान्वयनमा ल्याउनु पर्ने उनीहरुको माग थियो ।

देशको सबैभन्दा ठूलो मूर्ति बनेको गाउँका किसान पानी चोर्न बाध्य छन्। यो त्यहाँको वास्तविकता हो। ‘बाध्य भएर किसानले पानी ल्याउन बाँध नजिकसम्म पाइप बिछ्याएका छन्। आफूलाई बचाउन पनि हामी यसो गर्न विवश छौं। बाँधबाट पानी चोर्नु गैर(कानुनी भएको थाहा हुँदा(हुँदै पनि हामी पानी चोर्न बाध्य छौं। खेतीमा सिँचाई गर्ने हामीसँग अरु कुनै विकल्प बाँकी छैन ।’
(बीबीसी हिन्दी सेवाबाट)

Womui
Womui