प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, अझै केही दिन अस्पतालमै राखिने

37

छिनछिन खबर
काठमाडौं, कात्तिक १४ । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भैरहेको जनाइएको छ । त्रिवि शिक्षण अस्पतालले बुधबार साँझ पत्रकार सम्मेलन गरी सो कुराका जानकारी दिएको हो ।

‘उहाँसँग केहीबेर अघि सभामुख कृष्णबहादुर महराले पनि भेट गर्नुभो, ज्वरो र खोकी पनि नियन्त्रणमा आएको छ, आज दालभात, तरकारी पनि खानुभयो उहाँ अहिले तन्दुरुस्त हुनुहुन्छ’, सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा प्रधानमन्त्री ओलीको उपचारमा संलग्न डा. अरुण सायमीले भने ।

डा.सायमीले प्रधानमन्त्री ओलीलाई छिटोभन्दा छिटो डिष्चार्ज गर्न आफुहरु तयार रहेको बताउँदै फेरि सोही केस नदोहोरियोस् भनेर २, ३ दिन अस्पतालमै राख्नुपर्ने उनले बताए । ‘पाँचदिन देखि चलाइरहेको एन्टिवायोटिक भोली (बिहिबार) सम्ममा सकिन्छ, त्यसपछि मुखले खाने औषधी मात्र चल्छ’, डा. सायमीले भने ।

प्रधानमन्त्रीलाई भेट्न चाहनेहरुलाई टाढैबाट मात्र दिएको समेत डा. सायमीले प्रस्ट पारे । बुधबार प्रधानमन्त्रीकै आग्रहमा सभामुख, रक्षामन्त्री र गृहमन्त्रीलाई भेट गर्न दिइएको समेत उनले बताए ।

Womui
Womui