बृद्धाश्रममै पुगेर तरुण दलले बाँड्यो कम्बल

96

नेपालगन्ज, कात्तिक १०-
नेपालगन्जस्थित निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक पुनःस्थापना सेवा केन्द्रमै पुगेर नेपाल तरुण दलले आफ्नो स्थापना दिवस मनाएको छ । नेपाली कांग्रेस निकट नेपाल तरुण दलले शनिबार आफ्नो ६५ औं स्थापना दिवस केन्द्रमा मनाएको मनाएको हो । तरुण दल बाँकेले त्यहाँ रहेका असहाय तथा जेष्ठ नागरिकलाई न्यानो कपडा (कम्बल) वितरण गरेको हो । उक्त केन्द्रमा एक औपचारिक कार्यक्रमका बीच ३० थान कम्बल वितरण गरेको तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्र शाहले जानकारी दिए ।

केन्द्रमा हाल ३८ जना असहाय, अशक्त तथा जेष्ठ नागरिक संरक्षणमा छन् । बाँकेमा विस्तारै जाडो बढ्दैछ । न्यानो कपडा पाएपछि केन्द्रमा रहेका अशक्त, असहाय तथा जेष्ठ नागरिकले खुसी ब्यक्त गरेका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथी एवम् नेपाली कांग्रेस बाँकेका सभापति किरण कोईराला, क्षेत्र नम्बर १ का सभापति माधवराम खत्री, क्षेत्र नम्बर ३ का रमेश गुप्ता, नगर सभापति प्रशान्त विष्ट, निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक पुनःस्थापना सेवा केन्द्रका अध्यक्ष सरिता खनाल, अभिभावक सदस्य विजय गुप्ता, मुस्लिम संघका केन्द्रिय उपाध्यक्ष निजामुद्धिन अन्सारी, नेपाली कांग्रेसका महासमिति सदस्य निरन्जनसिंह सिजापति, राकेशकुमार श्रीवास्तव, महाधिवेशन प्रतिनिधी लक्ष्मी नारायण शाह, तरुण दलका पुर्व केन्द्रिय सदस्य सुदिप नरसिंह राणा, तरुण दलका क्षेत्रीय सभापतिहरु, जिल्ला कार्यसमितिका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।

Womui
Womui