कृष्णनगरको कफ्र्यू १२ बजेसम्मका लागि हटाइयो, जनजीवन सामान्य

49

कपिलवस्तु, कात्तिक ६ । कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार साँझ ५ बजेदेखि लगाएको कफ्र्यू हटाएको छ । मंगलबार बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कफ्र्यू हटाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदायबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्यू लगाएको थियो । कफ्र्यू हटेपछि भारतीय सीमावर्ती कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ। शनिबारदेखि बढेको विवाद आजदेखि सामान्य बनेको हो। कडा सुरक्षाका बीच दुर्गा पूजाको मूर्ति विसर्जन गरिएको थियो ।


प्रशासनले कफ्र्यू कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तरतर्फ कृष्णनगर–१ शिवानगरको बढाया पोखरी क्षेत्र, पूर्व सेमरा गाउँ र पश्चिम सिर्सिहवा चोकसम्म कफ्र्यू लगाउने निर्णय गरेको थियो ।

मेशिनको ठक्करबाट एकको मृत्यु

कपिलवस्तुको शिवराज नगरपालिका–४ चनईमा धान काट्ने कम्बाइन हर्वेस्टर मेशिनको ठक्करबाट एकको मृत्यु भएको छ ।
सोमबार दिउँसो ४ बजे धान काट्ने समयमा लु ३ त १३४१ नम्बरको कम्बाइन मेशिन ब्याक गर्दा चनईका ६० वर्षीय महबुब मुसलमान घाइते भएका थिए। कम्बाइनको ठक्करबाट घाइते भएका महबुबको उपचारको लागि बुटवल पुर्‍याइएको थियो। बुटवलमा उपचार सम्भव नभएपछि उनलाई चितवन लगिएको थियो । चितवन मेडिकल कलेजमा उपचारको क्रममा महबुबको ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । घटना हिजै भए पनि महबुबको मृत्युपछि मात्र घटना बाहिर आएको थियो । कम्बाइन चालक भारत उत्तर प्रदेश महाराजगञ्ज जिल्ला सिसहनिया वर्ष ५० का लौटु चमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रासस

Womui
Womui