नेकपाको प्रवक्ता नारायणकाजी नै

21

छिनछिन खबर
काठमाडौं– नारायणकाजी श्रेष्ठलाई नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रवक्तामा निरन्तरता दिने भएको छ । पार्टी नेतृत्वसँग असन्तुष्टि जनाउँदै नेता श्रेष्ठले तीन महिनाअघि प्रवक्ता पदबाट दिएको राजीनामा सोमबार पार्टीको केन्द्रीय सचिवालय बैठकले अस्वीकृत गरेको हो ।

गत साउनमा अनशनरत डा गोविन्द केसीलाई भेटर उनको आन्दोलनमा समर्थन जनाएको भन्दै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टिकरण लिएपछि श्रेष्ठले तत्कालै प्रवक्ता पदबाट राजिनामा दिएका थिए ।

Womui
Womui