पाँच लाख घुससहित कास्कीका सहन्यायाधीवक्ता पक्राउ

43

माया गुरुङ
पोखरा, असोज २४ । सेवाग्राहीबाट घुस लिइरहेको बेला कास्कीका सहन्यायाधीवक्ता सुरेन्द्रबहादुर थापा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको टोलीले बुधबार बिहान थापालाई सरकारी वकिलको कार्यालयबाटै पक्राउ गरेको हो ।

अख्तियारका अनुसार उनलाई पाँच लाख रुपैयाँ नगदसहित पक्राउ गरिएको छ । ‘कार्यालयमै घुस लिने गरेको सूचनाका आधारमा टोली पुग्दा पाँच लाख नगदसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ । थापा कार्यालय समयभन्दा अगाडि नै कार्यालय पुगेका थिए । सेवाग्राहीसँग घुस लिँदै गर्दा उनी पक्राउ परेका हुन् ।

Womui
Womui