वामदेव गौतमका लागि रामवीर मानन्धरको राजीनामा

61

छिनछिन खबर
काठमाडौं, असोज २३ । नेकपाका नेता वामदेव गौतमका लागि काठमाडौँ क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धर राजीनामा दिन तयार भएका छन् । आफूले गरेका केही सर्तहरू पार्टीले पूरा स्वीकार गरेपछि सांसद रामवीरले पार्टी नेतृत्वसमक्ष सांसद पदबाट राजीनामाको पत्र बुझाएका हुन् । उनले राजीनामा दिएसँगै बर्दियामा पराजित वामदेवले काठमाडौँ क्षेत्र नम्बर ७ बाट चुनाव लड्ने भएका हुन् ।


यसअघि वामदेवको लागि डोल्पा र बाँकेबाट निर्वाचित सांसदहरुले राजीनामा दिन सहमत भएका थिएनन् । रामवीरले नेकपाको केन्द्रीय सदस्य, राष्ट्रिय सभाको सदस्य र मन्त्री बनाउनुपर्ने सर्तलाई पार्टी नेतृत्वले स्वीकार गरेपछि वामदेवको चुनाव लड्ने बाटो खुलेको बताइएको छ ।

नेता रामवीरले २०३६ मा स्कुल जीवनदेखि नै राजनीति गरेका थिए । अनेरास्ववियुमार्फत राजनीतिमा लागेका उनी पछि नेकपा एमाले काठमाडौंको जिल्ला सदस्य तथा क्षेत्रीय सदस्यका रुपमा रहेर काम गरेका थिए । २०४९ र २०५४ मा भएको स्थानीय चुनावमा रामवीर काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्ष थिए । उनी २०७० सालको संविधानसभामा क्षेत्र नं. ७ बाट हिसिला यमीलाई पराजित गर्दै सांसद बनेका थिए । २०७४ को प्रतिनिधि सभाको चुनावमा भने उनले राप्रपा नेता विक्रमबहादुर थापालाई पराजित गरेका थिए ।

Womui
Womui