तनुश्रीले दिइन् नाना पाटेकरविरूद्ध प्रहरीमा यौन उत्पीडनको उजुरी

144

मुम्बई, असोज २२ (एजेन्सी) । पूर्व मिस इन्डिया युनिभर्स एवं बलिउड अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकरको विरूद्धमा यौन उत्पीडनको उजुरी दिएकी छन् । शनिबार उनले अभिनेता पाटेकरले सन् २००८ मा एक फिल्मको सेटमा अभद्र व्यवहार गरेको आरोप लगाएकी थिइन् । उनले उजुरी दर्ता गराएपनि प्रहरीले सो उजुरी प्राथमिकता उजुरीभित्र नराखेको जनाएको छ ।


तनुश्रीले अभिनेता पाटेकरले ’हर्न ओके प्लिज’ को सेटमा एक गीतको छायाँकनको क्रममा दुव्र्यबहार गरेको आरोप लगाउँदै आएकी छिन् । दत्ताको आरोपलाई भने पाटेकरले अस्विकार गरेका छन् र ’हाउसफूल ४’ को सुटिङ सकेर मुम्बई फर्किएका पाटेकरले संवादाताहरूलाई आफूले आठ वर्ष पहिले नै सो आरोप झूठो भएको बताइसकेको भन्दै बचाउ गरे ।

पाटेकरका वकिलले दत्तासँग माफी माग गर्दै कानुनी सूचना पठाइसकेका छन् । सो प्रकरणमा तनुश्रीले लगाएको आरोपका अनुसार नानाले सुटिङको सेटमा उनीसँग एकदमै असभ्य व्यवहार गर्ने गरेको र सोको जानकारी फिल्मका निर्मातालाई समेत गरेको तर आफूलाई कसैले नपत्याएको बताउँदै आएकी छिन् । तनुश्रीको यस आरोप फेरि सार्वजनिक भएसँगै बलिउड उनको पक्ष तथा विपक्ष दुबैतर्फ उभिएको अवस्था छ ।

Womui
Womui