एलएलबीमा बढ्दो आकर्षण, अवकाशप्राप्त कर्मचारीदेखि पूर्वमन्त्रीसम्म भर्ना

52

काठमाडौं। असोन २१ । त्रिभुवन विश्वविद्यालयमा स्नातक तहमा कानुन शिक्षा अध्ययन गर्नेको संख्या अत्यधिक बढेको छ । ३०० क्षमताको त्रिविको आंगिक क्याम्पस नेपाल ल क्याम्पसमा झण्डै १२ हजार विद्यार्थी एलएलबी अध्ययनका लागि भर्ना भएका छन् ।
अवकाशप्राप्त कर्मचारी, इन्जिनियर, डाक्टर मात्र होइन, स्थानीय तहका जनप्रतिनिधि र पूर्वमन्त्रीसमेत भर्ना भएको समाचार आजको नयाँ पत्रिकाले छापेको छ ।


नेपाल ल क्याम्पसका प्रमुख डिएन पराजुलीका अनुसार एलएलबी प्रथम वर्षमा शुक्रबारसम्ममा १० हजार ८ सय ४५ विद्यार्थी भर्ना भएका छन् । यो वर्ष पूर्वश्रममन्त्री सरिता गिरीलगायत केही नेतासमेत भर्ना भएको पराजुलीले बताए । ‘आश्चर्यजनक तरिकाले विद्यार्थी भर्ना हुन आए’, उनले भने ।

Womui
Womui