पप्पुका ठेकेदार हरिनारायण रौनियार निलम्बनमा

141

छिनछिन खबर
काठमाडौं, असोज २० । पप्पु कन्ट्रक्सनका मालिक तथा सांसद हरिनारायण चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको औपचारिक जानकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सभामुख कृष्णबहादुर महरालाई जानकारी गराएपछि उनी निलम्बनमा परेका छन् । आयोगले मुद्दा दायर गरेपछि सांसद पद स्वत निलम्बनमा परेको सभामुख महराले बताए । भ्रष्टाचार मुद्दा दायर गरको औपचारिक जानकारी आयोगले गराएसँगै रौनियारको सांसद पद निलम्बनमा परेको हो ।


भ्रष्टाचार मुद्दा दायर भएकाले निलम्बन गर्न आयोगको पत्र आएको सभामुख महराले पुष्टि गरे । उनले आयोगको पत्रका आधारमा निलम्बन भएको सूचना जारी गर्ने प्रतिक्रिया दिए । शुक्रबार आयोगले विशेष अदालतमा सांसद रौनियार एवं उनका छोरा एवं कन्ट्रक्सनका वर्तमान अध्यक्ष समित रौनियासहित १२ जनाविरुद्ध बर्दियाको जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग भएको र उद्घाटन नहुँदै पुल भत्किाएपछि भ्रष्टाचार मुद्दा दायर गरेको हो । रौनियार बाबु छोराविरुद्ध जनही १९ करोड रुपैयाँ बिगो दाबी गरिएको छ ।

Womui
Womui