हाइस र ट्रक ठोक्किदा ६ को मृत्यु, १७ जना घाईते

140

नेपालगन्ज, असोज २०-
पुर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको सम्शेरगन्ज जंगलमा भएको सडक दुर्घटनामा चालकसहित ६ जनाको मृत्यु भएको छ । दाङबाट नेपालगन्जतर्फ आउँदै गरेको रा१ख १६६२ नम्बरको हाईस र नेपालगन्जबाट बुटवलतर्फ जादै गरेको लु१ख ७७२९ नम्बरको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी ४ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक कसैको पनि सनाखत नभएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीका अनुसार अस्पतालमा अहिले १७ जनाको उपचार भईरहेको छ । अधिकांसको अवस्था गम्भिर रहेको बताइएको छ । दुर्घटनाग्रस्त हाइस क्षत्विक्षत भएको छ, भने ट्रक पनि पल्टिएको छ । तिब्र गतिमा गुडेको हाईसले ओभरट्याक गर्ने क्रममा ट्रकसँग ठोक्किएको प्रहरीले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रमेशबहादुर सिंहको नेतृत्वमा प्रहरी खटिएर सनाखत गर्ने काम भईरहेको छ । बिहान साढे ८ बजेतिर भएको उक्त दुर्घटना स्थलमा टेलिकम र एनसेल मोबाईलको नेटवर्कले काम गर्दैन ।

Womui
Womui