उद्घोषण तालिम सञ्चालन

201

नेपालगन्ज, असोज १५-
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ ले सोमबारदेखि दुई दिने उद्घोषण, क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम सञ्चालन गरेको छ । वडासदस्य दिनेश पन्तको अध्यक्षता एवम् वडा नम्बर १२ का वडाअध्यक्ष बुद्धिसागर सुवेदीको प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा बोल्ने बक्ताले उद्घोषण कलाको विकासका साथै क्षमता अभिबृद्धि र नेतृत्व विकासका लागि तालिम सार्थक हुने विश्वास व्यक्त गरेका थिए ।

वडा अध्यक्ष बुद्धिसागर सुवेदीले वडाबासीहरुलाई सबल र सक्षम बनाउन तालिमको आयोजना गरिएको बताए । तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्नुपर्नेमा पनि उनले जोड दिए । उद्घाटन कार्यक्रममा वडा सदस्य तरुण बज्राचार्य, आमा समूहकी अध्यक्ष इतादेबी शर्मा, स्थानीय अगुवा टंकनाथ पौडेल लगायतले बोलेका थिए । वडा नम्बर १२ का ४१ जना सहभागी तालिमको प्रशिक्षकमा रेडियो सद्भावका स्टेशन प्रमुख नवीन गिरी रहेका छन् । उद्घाटन कार्यक्रमको सञ्चालन टेकेन्द्र मल्लले गरेका थिए ।

Womui
Womui