रोकिराखेको ट्रकमा मोरटसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुइको दुईको मृत्यु

48

छिनछिन खबर

मोरङ, असोज १४ । विराटनगर महानगरपालिका– ४ स्थित भित्री सडक खण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ ।पार्किङ गरेर सडक किनारमा राखिरहेको ना५ख ५८८६ नं को ट्रकमा को८प ७२१५ नं को मोटरसाइकल ठोक्किँदा मोरङ, पथरीशनिश्चरे नगरपालिका– ९ का २३ वर्षीय रोशन शेर्पा र विराटनगर–४ का १९ वर्षीय अनिश राजवंशीको मृत्यु भएको ट्राफिक प्रहरीले जानकारी दिए ।

शेर्पाको घटनास्थलमै र राजवंशीको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाएको छ । ट्रकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ चालक फरार रहेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Womui
Womui