इन्डोनेशियामा भूकम्पपछि सुनामीः चार सय बढिको मृत्यु

173

असोज १४ (एजेन्सी) । शुक्रबार इन्डोनेशियाको सुलावेसीमा ७.५ म्याग्निच्युडको भूकम्प र सुनामीका कारण मृत्यु हुनेको संख्या चारसय बढी पुगेको छ ।मृत्यु हुनेमध्ये सबैभन्दा धेरै पालू शहरका हुन् । यो शहरमा शुक्रबार करिब १० फिट अग्लो छाल प्रवेश गरेको थियो ।पालू शहरबाट आइरहेको तस्बिरमा छरिएका सयौं शवलाई स्पष्ट देख्न सकिन्छ ।सरकारी अधिकारीका अनुसार शहरको सबैभन्दा ठूलो अस्पताल पनि क्षतीग्रस्त भएको छ । यस कारण अस्थायी शिविरमा घाइतको उपचार चलिरहेको छ ।

इन्डोनेशियाली सेनाले स्थानीय हवाई अड्डामा पनि आशिंक क्षती पुगेका कारण मद्दतका लागि पालू शहरसम्म पुग्न समस्या भइरहेको जानकारी दिए ।आफूहरुले लगातार राजधानी जकार्तादेखि सुलावेसी द्वीपमा सैन्य मद्दत पुर्याउने कोशिश गरिरहेको इन्डोनेशियाली सेनाले जानकारी दिएको छ ।इन्डोनेशियाली सरकारले शनिबार पनि भूकम्पका धक्का महसुस गरिएको जानकारी दिएको छ ।

हज्जारौं घरमा क्षती पुगेको छ । केही अस्पताल, होटल र शपिङ सेन्टर पनि क्षतीग्रस्त भएको छ । सुनामी आएको पालू शहरको जनसंख्या करिब तीन लाख बताइएको छ ।यहाँका एक मन्त्रीका अनुसार शहरमा उद्दारकार्य जारी छ । पालूमा टेलिफोन र बिजुलीको आपूर्ती बन्द छ । साथै शहर जाने मुख्य सडक भूस्खलनका कारण भास्सिएको छ । पछिल्लो एक महिनामा इन्डोनेशियामा थुप्रै भूकम्प आइसकेका छन् ।

गत अगस्ट ५ तारिखमा इन्डोनेशियाको लामबोकमा आएको भूकम्पका कारण चार सय ६० बढीको मृत्यु भएको थियो ।सन् २००४ मा इन्डोनेशियाको सुमात्रा द्वीपमा भूकम्प आएपछि हिन्द महासागर मा सुनामी आएको थियो जसमा दुई लाख २६ हजारको मृत्यु भएको थियो । त्यतिबेला इन्डोनेशियामा मात्र करिब सवा लाखको मृत्यु भएको थियो ।

 

Womui
Womui