बलात्कार र जघन्य अपराध हुन नदिन ठोस कदम चाल्न सरकारलाई महिला नेतृहरुको दबाब

73

छिनछिन खबर
काठमाडौं, असोज १२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेतृहरुले महिला र बालबालिकामाथि बढ्दो जघन्य अपराधका घटना नियन्त्रणका लागि ठोस कदम चाल्न सरकारलाई दबाब दिएका छन् । सत्तारुढ दलका महिला नेतृहरुले गृहमन्त्री रामबहादुर थापासँग सामूहिक भेट गरी महिला तथा बालबालिकामाथि हुने हत्या, बलात्कार लगायतका जस्ता घटना हुनै नदिने गरी आवश्यक कदम चाल्न माग गरेका हुन् ।

पीडित पक्षलाई लिएर शुक्रबार गृहमन्त्रालय पुगेका उनीहरुले पीडितलाई न्याय दिन र पीडकलाई फाँसीको सजाय दिने व्यवस्था गर्न माग गर्दै गृहमन्त्री थापालाई ध्यानाकर्षणपत्र समेत बुझाएका छन् ।‘बढ्दो महिला तथा बालिकामाथि हुने गरेका हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना हुनै नदिने गरी ठोस कदम चाल्न गृहमन्त्री थापालाई ध्यानाकर्षण पत्र बुझाएका छौं’ नेकपाकी नेतृ तथा प्रदेश ३ की सांसद अष्टलक्ष्मी शाक्यले भन्नि, ‘पीडितलाई न्याय दिन र पीडकलाई कडा कानुनी कार्वाही गर्न सरकारलाई सचेत गराएका छौ ।’

भेटमा गृहमन्त्री थापाले महिला र बालबालिकामाथि जघन्य अपराधका घटना हुन नदिन सरकार जिम्मेवार ढंगले लागि परेको आश्वसन दिएको छ । उनले महिला तथा बालिकामाथि हुने हत्या, बलात्कारलगायतका ९० प्रतिशत घटनाको छानविन गरी दोषीलाई कार्वाही गरिएको र निर्मला पन्तलगायतका घटनाका दोषीलाई पनि छिट्टै कानुनी कठघरामा उभ्याउन प्रतिबद्ध रहेको बताएका थिए ।मुलुकमा महिला र बालिकामाथि हत्या, बलात्कारलगायतका घटना बढदै गएपछि सत्तारुढ दलकै नेताहरुले त्यसलाई नियन्त्रण गर्न सरकारलाई दवाव दिन सुरु गरेका छन् ।

Womui
Womui