सनम शाक्य हत्याका आरोपीलाई थुनामै राख्न अदालतको आदेश

39

छिनछिन खबर
विराटनगर असोज १० । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या अरोपमा थुनामा रहेका तीनजनालाई उच्च अदालतले थुनामै राख्ने आदेश दिएको छ ।मुख्य अभियुक्त मानिएका चुडामणि उप्रेती गोरेका सहयोगी मोहन काफ्ले, कृष्ण भन्ने नरेन्द्र कार्की र एलबी भनिने लालबहादुर मगरलाई थुनामा राख्ने जिल्लाको आदेशलाई उच्च अदालतले पनि सदर गरेको हो ।बुधबार उच्च अदालत विराटनगरका न्यायाधीश साधुराम सापकोटा र उमेशराज पौडेलको इजलासले मोहन काफ्ले र कृष्ण भन्ने नरेन्द्र कार्की थुनामा राख्ने आदेश दिएको हो ।

मोरङ उर्लाबारीको जंगलमा कार्की, काफ्ले र मृतक शाक्यलाई गोरे सहितको समुहले सँगै राखेर करेन्ट लगाएर यातना दिएको थियो ।सोमबार उच्च अदालत विराटनगरका न्यायाधीश थिरबहादुर कार्की र जनक पाण्डेको संयुक्त्त इजलासले थुनामा रहेका एयरलायन्स कर्मचारी एलबी भनिने लालबहादुर मगरलाई थुनामा राख्ने जिल्ला आदेश नै सदर गरेको थियो ।सुन तस्करी प्रकरणमा जिल्लाको आदेश पछि थुनामा रहेका निलम्बित एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसी प्रजित केसी गोरेका सहयोगी भनिएका रामुकमार तिवारीलाई उच्च अदालतले थुनामा राख्नुपर्ने आधार नभएको भन्दै छाड्ने आदेश दिएको थियो ।

उच्च अदालतमा निवेदन दिनेमध्ये टेकराज मल्ल, लाक्पा शेर्पा, राजनकुमार, महाबिर गोल्यान, बिष्णुबहादुर खडका, अम्मरबहादुर थापा, सम्बिरप्रसाद तोलाङ्गे, तुलाराम थारु, पुण्यप्रसाद लामा, हेमन्त गौतम र राजन थापा, डिएसपी सञ्जयबहादुर राउतलगायतलाई थुनामा राख्न उच्च अदालत विराटनगरले आदेश दिइसकेको छ । गत जेठ ८ गते जिल्ला अदालतले उनीहरुलाई थुनामा राख्ने आदेश दिएको थियो ।

Womui
Womui