चाडबाडलाई मध्यनजर गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ग¥यो यात्रु सहायता कक्ष स्थापना

133

छिनछिन खबर
काठमाडौं। असोज १० । यात्रुहरूको सुविधालाई मध्यनजर गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।कलंकी, स्वयम्भु, नयाँबसपार्क, सातदोबाटो, गौशाला, चाबहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानोबसपार्क र नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

नजिकिँदै गरेको चाडबाडलाई मध्यनजर गरी स्थापना गरिएको सहायता कक्षमा यात्रुले यात्राको क्रममा आँफूलाई परेको अप्ठ्यारो अपराध एवम् दुर्व्यहार तथा ट्राफिक सम्बन्धी गुनासो राख्न सकिने व्यवस्था मिलाइएको छ ।सहायता कक्षमा यातायात व्यवस्था विभागका कर्मचारी, यातायात व्यवसायी संघका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधी, ट्राफिक र जनपद प्रहरीका कर्मचारीहरु रहने छन् ।

Womui
Womui