पप्पुका सञ्चालक प्रहरीको फरार सूचीमा, पक्राउ पुर्जी जारी

113

छिनछिन खबर
काठमाडौं, असोज ९ । पप्पु कन्सट्रक्सनका अध्यक्ष सुमित रौनियारविरूद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।जिल्ला प्रहरी कार्यालय रौतहटले रौनियारलाई पक्राउ गर्न पुर्जी जारी गरेको हो।गौर नगरपालिका–४ स्थित टिकुलिया घाटमा भदौ ८ गते भएको डुंगा दुर्घटनामा मृत्यु भएका परिवारले उनको नाममा किटानी जाहेरी दिएपछि प्रहरीले उनको नाममा पक्राउ पुर्जी जारी गरेको रौतहट प्रहरी प्रमुख एसपी केदार ढकालले जानकारी दिए।

उनले भने बयानका लागि पटकपटक बोलाएका थियौं। तर उहाँ आउनु भएन। अदालतबाट अनुमति लिएर पुर्जी जारी गरेका छौं। उहाँको खोजी जारी छ।८ गते डुंगा दुर्घटना भएको ठाउँनजिकै पप्पुले पुल बनाएको थियो। सोही पुलका कारण डुंगा दुर्घटना भएको भन्दै मृतकका आफन्तले प्रहरीमा उजुरी दिएका थिए।सो दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो।ठेक्का लिने तर काम सम्पन्न नगर्ने र कमसल काम गर्ने भनेर पप्पु कन्स्ट्रक्सन विवादित छ।

Womui
Womui