इन्द्रजात्रामय बसन्तपुर

120

छिनछिन खबर
काठमाडौं,असोज ८ । राष्ट्रपति विद्या भण्डारीले इन्द्रजात्राको अवलोकन गरेकी छन् । राष्ट्रपति भण्डारीले मुख्य दिन सोमबार साँझ हनुमानढोका गद्दी बैठकमा पुगेर इन्द्रजात्राको अवलोकन गरेकी हुन् । त्यस अवसरमा कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु पनि इन्द्र जात्रा समारोहमा सहभागी भएका थिए ।

इन्द्रजात्राको अवलोकन गर्नुअघि राष्ट्रपति भण्डारीले वर्षा र सहकालका देवता इन्द्रको पूजापाठ पनि गरेकी थिइन् । शुक्रबारबाट सुरु भएको काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो पर्व इन्द्रजात्राको मुख्य दिन आज (सोमबार) कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथयात्रा पनि गरिएको छ । यसैदिन राष्ट्र प्रमुखको रुपमा राष्ट्रपतिले जात्राको अवलोकन गर्ने परम्परा रहिआएको छ ।काठमाडौंको बसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याएर गत शुक्रबार इन्द्रजात्राको सुरुवात गरिएको थियो । भक्तपुरको चित्तपोलबाट ल्याइएको लिंगो हुनमानढोकामा ठडयाएपछि इन्द्रजात्रा सुरु गर्ने चलन गरेको केन्द्रिय मानन्धर संघका अध्यक्ष गोपालकृष्ण मानन्धरले जानकारी दिए ।यो लिंगो गाडने चलन शाहवंशीय राजा प्रतापसिंह शाहको पालामा सुरु भएको मानिन्छ । सात दिनसम्म मनाईने इन्द्र जात्रामा विशेष आकर्षण मानिने पुलुकिसी र लाखेनाच पनि नाच्ने गरिन्छ । यसै अवसर पारेर सरकारले सोमबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा पनि दिएको छ ।

Womui
Womui