विकासको मोडेल निधो गरेर मात्र काम सुरु गरौंःप्रचण्ड

59

छिनछिन खबर
चितवन,असोज ८ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको समृद्धिका लागि पहिला विकासको मोडेल निधो गर्नुपर्ने बताएका छन् ।जिल्ला समन्वय समिति चितवनको दोस्रो जिल्ला सभाको सोमबार उद्घाटन गर्दै उनले कुनै क्षेत्रको विकास गर्दा कुन विषयलाई प्रथामिकतामा राख्ने, कति समयभित्र सम्पन्न गर्ने भन्ने विषयको निधो गरेर मात्रै काम थाल्नुपर्ने धारणा राखे ।

‘मैले पहिलादेखि नै भन्दै आईरहेको छु, मुख्य आवश्यकता के छ त्यसलाई प्रथामिकतामा राखौं । योजनाहरु छनोट गरेर बजेट अनुसार कार्यलाई आरम्भ गरेर चितवनबाट नयाँ सन्देश फैलाउ’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘अब भाषण गरेर भन्दा काम गरेर जनतालाई देखाउने समय आएको छ ।’ अहिले विकास गर्न सबै कुराले साथ दिएको भन्दै उनले यो समयमा विकासका निम्ति एकजुट भएर अघि बढ्नुपर्ने बताए ।‘प्रमुख प्रतिपक्षको पनि देश विकासमा सहयोग छ । यस्तो मौकामा विकास गर्न सकिएन भने सम्पूर्ण नेपालीका लागि दुःखको कुरा हुन्छ । सबैले यो कुरा बुझ्न जरुरी छ’ प्रचण्डको भनाई छ । कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सबै विकास एकपटक नहुने जिकिर गरे ।थोरै बजेटमा धेरै विकास गर्छु भन्न थाल्यो भने कुनै पनि योजना सफल नहुने भन्दै उनले एउटा कामलाई निष्कर्षमा पुराएर अर्को कामको थालानी गर्नुपर्नेमा जोड दिए ।चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोखरेलले चितवनका धेरै भाग विकासबाट बञ्चित रहेको उल्लेख गर्दैै त्यसतर्फ पनि सबैको ध्यान जान आवश्यक रहेको बताए । विकासलाई शहर केन्द्रीत मात्र नभएर गाँउ केन्द्रीत पनि गराउनुपर्ने उनको धारणा थियो ।

Womui
Womui