काभ्रेमा तेस्रो किस्ता लिने भूकम्पपीडितको सङ्ख्या न्यून

61

बनेपा,असोज ७ । भूकम्प गएको तीन वर्ष बितिसक्दासमेत निजी आवास पुनर्निर्माणको लागि तेस्रो किस्ता लिनेको सङ्ख्या न्यून रहेको पाइएको छ।काभ्रे जिल्लामा निजी आवास पुनर्निर्माण गर्न भदौ महिनासम्ममा तेस्रो किस्ता लिनेको सङ्ख्या १६ हजार १ सय ३४ जना मात्रै रहेको आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख लोकनाथ रेग्मीले बताए।

जिल्लामा ९० हजार ४ सय ९७ घर परिवारको सर्वेक्षण भएकामा पहिचान भएका ८२ हजार ८ सय ३३ लाभग्राही थिए। तीमध्ये गुनासो फछ्र्योट भएर आएकासहित गरेर पूर्ण लाभग्राही (पूर्ण क्षति)को सङ्ख्या ७७ हजार ४ सय १४ र प्रवलीकरण लाभग्राहीको सङ्ख्या ५ हजार ४ सय १९ थियो।‘अब पहिलो किस्ता र दोस्रो किस्ताका लागि माग गर्न आउनेको सङ्ख्या निकै कम देखिएको छ।’, प्रमुख रेग्मीले भने। जिल्लाका लाभग्राहीमध्ये ६७ हजार २ सय ५९ घरपरिवारले पहिलो किस्ता प्राप्त गरिसकेका छन् भने दोस्रो किस्ता प्राप्त गर्नेको सङ्ख्या ४४ हजार ९० छ।गैरसरकारी संस्थामार्फत पहिलो किस्ता २ हजार ६ सय १०, दोस्रो किस्ता २ हजार १ सय ३४ र तेस्रो किस्ता १ हजार ४ सय ८५ लाभग्राहीलाई प्रदान गरिएकोे थियो।

रासस

Womui
Womui