१० प्रतिशत भाडा बढएपछि टिकट खुलाउने सहमति

120

छिनछिन खबर
काठमाडौं, असोज ७ । सरकारले सार्वजनिक सवारीको भाडा वृद्धि गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा १० प्रतिशत वृद्धि गर्न सिफारिस गरेको हो । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन  सहमत भएको हो ।

यातायात मन्त्रालयका अनुसार नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघ, उपभोक्ता प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिसहितको बैठकले १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेको हो ।

Womui
Womui