‘सरकार समयमै सच्चिनु उत्तम विकल्प’ : कांग्रेस प्रवक्ता

43

नेपालगन्ज, असोज ६-
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकार समयमै सच्चिनु नै उत्तम विकल्प भएको बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले सरकार आएको ६ महिनामा शान्ति, सुरक्षाको अवस्था निकै खस्किसकेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले अरिङ्गालझै जाईलाग्न भनि दिएको अभिव्यक्ति नयाँ कानुन विपरित भएको उनको तर्क छ ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले अरिंगालझै जाईलाग भनि दिएको मुलुकी संहिताभन्दा विपरितको अभिव्यक्ति हो, कहिपनि समाजमा द्धेस फैलाउने अभिव्यक्ति राख्न पाईदैन, आक्रोश फैलाउने अभिब्यक्ति राख्न पाईदैन, हिंसा भड्किने अभिब्यक्ति राख्न पाईदैन,’ उनले भने । प्रधानमन्त्रीको यस्तो शैलीले मुलुकको समस्या समाधान गर्ने भन्दा झन् बर्बाद बनाउने शर्माको चिन्ता छ । निर्मला पन्तमाथी भएको घटना लगायत देशभर भईरहेका हत्या, बलात्कार जस्ता घटनाको बिरोध गर्नेलाई प्रधानमन्त्रीले अरिङगालझै जाईलाग्न अभिब्यक्ति दिनुले कानुनको खिल्ली उडाएको तर्क गरे ।

‘निर्मलाको न्यायका निम्ति १९ ठाउँमा जनभेला हुदै गर्दा प्रधानमन्त्री ओलीले आफ्ना कार्यकर्तालाई अरिंगालझै जाईलाग्न दिएको अभिव्यक्ति कानुन विपरित छ,’ उनले भने । सरकारको जनमत खस्किएको पुष्टी चाडै देख्न पाईने शर्माको विश्वास छ । नेकपाका नेता बामदेव गौतम चुनाव लड्दै गर्दा जनताले नै पुष्टी गरिदिने बताए । ‘अहिलेको सरकारलाई आफ्नो जनमत कति खस्किएको छ भन्ने कुराको प्रमाण त्यो गणितबाट पनि पुष्टी गराउने अवसर हामी विपक्षीलाई पनि मिल्छ, बरु बामदेव गौतम जी कहाँबाट चुनाव लड्ने हो, चाडै क्लियर गरिदिएको भए हामी कांग्रेसलाई पनि तयारी गर्नलाई सजिलै हुन्थ्यो ।’

Womui
Womui