तान्जानिया फेरी दुर्घटनाः ज्यान गुमाउनेको संख्या १३६ पुग्यो

175

छिनछिन खबर

काठमाडौं , असोज ६ । तान्जानियाको लेक भिक्टोरियाको फेरी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या कम्तीमा १३६ पुगेको छ ।

तान्जानियाका सरकारी अधिकारीहरुले शुक्रबार अबेरसम्ममा १३६ को ज्यान गएको र पानीमा डुबेको आशंका गरिएका २ सय जनाको अवस्था अझै अज्ञात रहेको जनाएका छन् ।


हराइरहेकाहरुको खोजी कार्य शुक्रबार दिनभर चले पनि राति भने रोकिएको छ । शनिबार बिहानबाट पुनः खोजी कार्य शुरु हुने त्यहाँका सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमहरुले खबर प्रकाशमा ल्याएका छन् ।

१ सय यात्रुको क्षमता भएको फेरी क्षमताभन्दा कैयौं गुणा बढी बोकेका कारण डुबेको अनुसन्धानबाट खुलेको छ । फेरी ४ सय खचाखच यात्रु बोकेर गन्तव्यतर्फ लम्केको बताइए पनि यकिन संख्या अझैसम्म खुलेको छैन ।

तान्जानियामा पटकपटक ठूला फेरी दुर्घटना हुँदै आएका छन् । सन् १९९६ मा भएको भयानक दुर्घटनामा ८ सय जनाले ज्यान गुमाएका थिए । धेरैजसो दुर्घटना क्षमताभन्दा धेरै यात्रु बोक्दा हुने गरेका छन् ।

Womui
Womui