नेपाल भारतबाट अलग रहन सक्दैन

40

छिनछिन खबर
पुने,असोज १। भारतीय सेना प्रमुख विपिन रावतले नेपाल र भुटानजस्ता देशहरु भारतबाट अलग रहन नसक्ने बताएका छन् । आफ्नो भौगोलिक अवस्थाका कारण उनीहरु भारततर्फ बढी ढल्किएको बताउँदै उनले सो दाबी गरेका हुन् ।पुनेमा भएको बिमस्टेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासपछि पत्रकारहरुसँग कुरा गर्दै रावतले भौगोलिक अवस्थाका कारण नेपाल चीनतर्फ ढल्कन नसक्ने पनि बताए ।

माइलेक्स–१८ नामक सैन्य अभ्यासमा नेपालको अनुपस्थिति र चीनतर्फ बढ्दो घनिस्टताबारे गरिएको प्रश्नको जवाफ दिँदै रावतले भने, ‘उनीहरु भारतबाट अलग रहनै सक्दैनन् । नेपाल र भुटानजस्ता देश प्राकृतिकरुपमा भारततर्फ ढल्किएका छन् उनीहरुको भौगोलिक अवस्थाको कारण । उनीहरुको भौगोलिक अवस्थाले उनीहरुलाई चीनभन्दा पनि भारततर्फ बढी ढल्काएको छ । हाम्रो नेतृत्वले नेबरहुड फस्ट र एक्ट इस्टको नीति अपनाएको छ । बिमस्टेक त्यही प्रयासको हिस्सा हो । हामी हाम्रो छिमेकीहरुसँग सम्बन्ध सुधार गरिरहेका छौँ । हामी ठूलो राष्ट्र हौँ, हामीले अगुवाई गर्यौँ भने अरुहरु हामी पछिपछि आउने छन् ।’सैन्य अभ्यासमा बिमस्टेक राष्ट्रहरु मध्ये भारत, भुटान, म्यानमार, श्रीलंका र बंगलादेशले भाग लिएको थियो भने नेपाल र थाइल्याण्डले पर्यवेक्षक पठाएको थियो ।

Womui
Womui