साउदी अरब र रुसलाई उछिनेर अमेरिका बन्यो सबैभन्दा ठूलो पेट्रोल उत्पादक राष्ट्र

109

छिनछिन खबर
भदौ २९ । अनुमान गरिएभन्दा अघि अमेरिका विश्वको सबैभन्दा ठूलो तेल उत्पादक राष्ट्र बनेको छ । बुधबार युएस इनर्जी इन्फरमेसन एडमिनिस्ट्रेसनले जारी गरेको प्रारम्भिक अनुमानमा जुन र अगस्ट महिनामा अमेरिकाले तेल उत्पादनमा पहिलो स्थानको रसियालाई उछिनेको देखिएको छ ।

यही वर्षको प्रारम्भमा अमेरिकाले साउदी अरबलाई उछिनेर दोस्रो सबैभन्दा ठूलो तेल उत्पादक राष्ट्र भएको थियो । यदि त्यो आँकलन सही निश्किएमा सन् १९७३ यता अमेरिका पहिलोपटक विश्वमा तेल उत्पादनमा शीर्ष राष्ट्र हुनेछन् ।यसअघि इनर्जी इन्फरमेसन एड्मिनिस्ट्रेशन र इन्टरनेशनल इनर्जी एजेन्सीले अमेरिकाले सन् २०१९ भन्दा अघि साउदी अरब र रुसलाई तेल उत्पादनमा उछिन्न नसक्ने अनुमान गरेको थियो ।फ्रयाक्चरिङ पनि भनिने हाइड्रोलिक फ्रयाक्चरिङ प्रविधिको कारण अमेरिकाको तेल उत्पादन पछिल्ला वर्षहरुमा उलेख्य मात्रमा बृद्धि भएको छ । यस प्रविधिमा रसायन,बालुवा,पानी तथा उच्च दबाबको प्रयोग गेर अत्यन्त गहिरो स्थानमा रहेको चट्टानमा चिरा पारेर धेरै तेल र प्राकृतिक ग्यास उत्सर्जित गरिन्छ ।

फ्रयाक्चरिङ प्रविधिमा भएको सुधारपछि अमेरिकाको टेक्सास र न्यू मेक्सिको राज्य तेल रहेको परमिन बेसिनमा अहिले ड्रिलमा उलेख्य वृद्धि भएको छ । तथापि यो विधि विवादित रहेको छ । आलोचकहरुले फ्रयाक्चरिङ्ले भूमिगत पानीको स्रोत विशाक्त बनाएको र आक्लोहोमा र टेक्सास क्षेत्रमा भूकम्पको सङ्ख्या बढाएको आरोप लगाएका छन् ।युएस.इनर्जी एजेन्सीले अगस्टमा अमेरिकाले दैनिक १ करोड ९ लाख ब्यारेल तेल उत्पादन गरेको आँकलन गरेको छ । त्यही समयमा रुसले दैनिक १ करोड ८ लाख ब्यारेल र साउदी अरबले १ करोड ४ ब्यारेल तेल उत्पादन गरेको थियो ।यही वर्षको फेब्रुअरीमा दुई दशकमा पहिलो पटक अमेरिकाले साउदी अरबलाई तेल उत्पादनमा उछिनेको तथ्याङ्क बाहिर आएको थियो । सन् २०११ यता अमेरिकाको तेल उत्पादन बढेको बढ्दैछ । सन् २०१४ मा शुरु भएको तेलको मूल्य गिरावटपछि ड्रिलिङ्मा कमी आएको भए पनि फ्रयाक्चरिङ्को किफायती तरिका पत्ता लागे ड्रिलिङ्ले पुन गति लियो ।

उता यो अवधिमा रुस र साउदी अरबको उत्पादन भने तुलनात्मक रुपमा स्थिर रह्यो । घट्दो तेलको मूल्य स्थिर बनाई बढाउनको लागि सन् २०१६ मा ओपेकले तेलको उत्पादन घटाउने निर्णय स्वीकार गरेपछि उनीहरुको उत्पादनमा स्थिरता आएको हो ।बिसौं शताब्दीको अधिकांश समय अमेरिका तेल उत्पादनको शीर्ष स्थानमा थियो । १९७० को दशकमा आएर मात्र तत्कालीन सोभियत संघ र साउदी अरबले उसलाई तेल उत्पादनमा उछिनेको हो । केही वर्ष अघिसम्म अमेरिकाले आफ्नो पूरानो पहिलो स्थान हासिल गर्ने कुरा टाढाको कुरा मानिन्थ्यो ।तेल उद्योगको इतिहास समेटेको पुस्तक ‘द प्राइज’ का लेखक ड्यानियल यरगिनले अमेरिकी तेल उत्पादनको बढोत्तरीले विश्व तेलको विषम अभावबाट बचाएको बताए । उनका अनुसार अहिले अमेरिकी तेलको उत्पादनमा बृद्धि हुँदैनथ्यो भने तेलको मूल्य आकाशिने थियो ।

एजेन्सी

Womui
Womui