निर्मला पन्त हत्या प्रकरणः दिलिपसिंह विष्टसँगै बम दिदीबहिनी छुटे

197

छिनछिन खबर
कञ्चनपुर भदौ २६ । १३ बर्षीय बालिका निर्मला पन्तको हत्याको अभियोगमा पक्राउ गरेका दिलिपसिंह विष्ट साधारण तारेखमा छुटेका छन् । अनुसन्धानका लागि पक्राउ परेका रोशनी र बबिता बम दिदीबहिनी पनि मंगलबार नै छुटेका छन् ।उनीहरुलाई प्रहरीले जिल्ला सरकारी वकिलको सहमतिमा हाजिर जमानी र धरौटीमा रिहा गरेको हो । प्रहरीले निर्मला पन्त हत्याका मुख्य अभियुक्त भनी पक्राउ गरेको दिलिप सिंह विष्ट र रोशनी बमलाई हाजिर जमानीमा छाडेको हो भने बबिता बमलाई ३० हजार रुपैयाँ धरौटीमा रिहा गरेको कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेरसिंह कडायतले बताए ।

मुलुकी फौजदारी कार्यविधि (संहिता) २०७२ को दफा १५ अनुसार अनुसन्धानको सिलसिलामा हिरासतमा रहेका व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमतिमा धरौटी लिई उसलाई अभिभावकको जिम्मामा हाजिर जमानीमा छोड्न सक्ने व्यवस्था छ । त्यसै व्यवस्था अनुसार प्रहरीले निर्मला हत्याको अनुसन्धानमा पक्राउ परेका विष्ट र बम दिदीबहिनीलाई रिहा गरेको हो ।साउन १० गते रोशनीको घर गएकी पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । आन्दोलन चर्किएपछि प्रहरीको गोली लागि सन्नी खुनाको मृत्यु र अन्य युवा घाइते भएपछि मात्र बम दिदीबहिनी पक्राउ परेका थिए ।

Womui
Womui