38

स्वयम्भुमा कारभित्र शव भेटियो

छिनछिन खबर
काठमाडौं, भदौ २१ । स्वयम्भु हाइटमा पार्किङ गरको कार भित्रबाट रगत बगिरहेको अवस्थामा स्थानीयले फेला परेपछि खैलाबैला मच्चियो ।स्थानीयले लगत्तै प्रहरीलाई खबर गरे । महानगरीय प्रहरी वृत स्वयम्भुबाट प्रहरी टोली खटियो ।स्वयम्भु मन्दिरको पैसा फाल्ने स्थानभन्दा तल पार्किङ गरिराखेको अवस्थामा रहेको निजी कारमा प्रहरीले एउटा शव फेला पार्यो ।

बा ८ च ७०२१ नम्बरको स्विफ्ट कारभित्र पछाडीको सिटमा घोप्टो पारेर राखिएको अवस्थामा शव रहेको थियो ।उक्त शव काठमाडौंको नैकाप बस्ने ३२ वर्षीय श्याम श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । घटना कसरी घटेको हो सत्य आउन बाँकी रहेको प्रहरीको भनाई छ ।

Womui
Womui