अख्तियारका प्रमुख आयुक्त सिफारिसका लागि संवैधानिक परिषद्‌को बैठक बस्दै

47

छिनछिन खबर
काठमाडौं, भदौ २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिसका लागि संवैधानिक परिषद्‌को बैठक बस्दै छ । अख्तियार लामो समयदेखि प्रमुख आयुक्तविहीन छ । दीप बस्न्यातले अवकाश पाएपछि गत फागुनदेखि अख्तियार कार्यवाहकको भरमा चलिरहेको छ । हाल कार्यवाहकको जिम्मेवारी नवीनकुमार घिमिरेले सम्हाल्दै आएका छन् । बैठकले घिमिरेलाई नै प्रमुख आयुक्तमा नियुक्ति सिफारिस गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ । तर प्रमुख आयुक्तका लागि पूर्व मुख्यसचिव लीलामणि पौडेल लगायत अन्यको लबिङ पनि रहेको बताइन्छ ।


त्यस्तै सोही बैठकले वित्त आयोगको अध्यक्षमा पनि सिफारिस गर्नसक्ने बताइएको छ । पूर्वसचिव तथा स्थानीय निकाय तह पुनर्संरचना आयोगकाको संयोजक भई काम गरेका बालानन्द शर्माको नाम आयोगको अध्यक्षमा चर्चा गरिन्छ । त्यस्तै पूर्व अर्थसचिव शान्तराज सुवेदीको नाम पनि छलफलमा रहेको स्रोतले बतायो । आयोगका चार सदस्यका नाम पनि सिफारिस गर्ने तयारी परिषद्‌ले गरेको छ ।

Womui
Womui