बिम्स्टेकको अध्यक्षता श्रीलंकालाई हस्तान्तरण

34

काठमाडौ‌ं, भदौ १५ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालका खाडी राष्ट्रको प्रयास (बिम्स्टेक) को अध्यक्षता श्रीलङ्कालाई हस्तान्तरण गरिएको छ । काठमाडौंमा भएको चौथो शिखर सम्मेलन समापन समारोहमा बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेकको अध्यक्षता श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरणअघि प्रधानमन्त्री ओलीले नेपालले बिम्स्टेकको अध्यक्षता ग्रहण गरेयता बितेका साढे चार वर्षमा सबै सदस्य राष्ट्रबाट निरन्तर सहायता प्राप्त भएकोमा आभार प्रकट गरे । साथै उनले नयाँ अध्यक्ष राष्ट्र श्रीलङ्कालाई २ वर्षको कार्यकालको सफलताको शुभकामनासमेत व्यक्त गरे ।

रासस

Womui
Womui