१८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सकियो चौथो बिम्स्टेक सम्मेलन

34

छिनछिन खबर
काठमाडौं , भदौ १५ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालका खाडी राष्ट्रहरुको प्रयास (बिम्स्टेक) को चौथो सम्मलेन १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै शुक्रबार सकिएको छ । सम्मेलनमा सस्दय राष्टरूबीच ऊर्जा आदानप्रदानका लागि ग्रिड स्थापना गर्नेलगायतका सहमति भएको छ ।

त्यसअघि बिम्स्टेकका राष्ट्राध्यक्ष र सरकार प्रमुखको अनौपचारिक राजनीतिक संवाद (रिट्रिट) सकिएको थियो । काठमाडौंको ताहाचलस्थित सोल्टी होटलको पौडी पोखरी परिसरमा आयोजना गरिएको रिट्रिटमा सबै देशका राष्ट्राध्यक्षरसरकार प्रमुख तथा उनका जीवनसाथीहरुको पनि सहभागिता रहेको थियो । रिट्रिटमा बिहानको खाजाको प्रबन्ध गरिएको थियो । सदस्य देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखका निम्ति एउटा मुख्य टेबल र सोही टेबल नजिक उनीहरूका श्रीमती तथा श्रीमानलाई बेग्लै टेबलको व्यवस्था गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आफ्नै भाषामा अभिव्यक्त गर्न चाहने राष्ट्राध्यक्ष र सरकार प्रमुखका लागि दोभाषेको पनि व्यवस्था गरिएको थियो ।

बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा उनकी धर्मपत्नी राधिका शाक्यले रिट्रिटस्थलमा सदस्य मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुख तथा उनका जीवनसाथीलाई स्वागत गरेका थिए । त्यसअघि पञ्चकन्याले पनि उनीहरुलाई पुष्पगुच्छासहित स्वागत गरेका थिए । रिट्रिटमा बिम्स्टेक राष्ट्रका बाह्य मामिला र विदेशमन्त्री र राज्यमन्त्री पनि सहभागी थिए । उनीहरूलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले तथा बाह्य मामिला र विदेश मन्त्रालयका सचिवलाई परराष्ट्र सचिव शंकरदास वैरागीले स्वागत गरेका थिए ।

रिट्रिटस्थलमा सदस्य देशका विशिष्ट अतिथि र उच्चपदस्थ अन्य पाहुना आउँदा पृष्ठभूमिमा सबै देशका राष्ट्रिय धुन मन्द र मधुर ध्वनिमा बजाइएको थियो । रिट्रिटका क्रममा बिहानी खाजाको कार्यक्रम पूरा भएपछि राष्ट्राध्यक्ष र सरकार प्रमुखका लागि केही समय व्यक्तिगत कुराकानीका निम्ति छुट्याइनुका साथै रिट्रिटको समाप्तीमा सामूहिक तस्बीरसमेत खिचाइएको शिष्टाचार महापाल दीपक अधिकारीले बताए । सो क्रममा राष्ट्रप्रमुखहरु एकअर्काबीच हाँसोमजाकमा अभ्यस्त देखिन्थे । कतिपय भने लामो समय नै लिएर गम्भीर कुराकानीसमेत गरिरहेका थिए । आफ्ना जीवनसाथीसँगै उभिएका राष्ट्रप्रमुखहरुलाई एकअर्कासँग परिचय गर्ने माध्यम समेत बनेको देखिन्थ्यो बिम्स्टेकको रिट्रिट । प्रधानमन्त्री ओलीले पनि व्यक्तिगत तथा सामूहिक रुपमा यो अवसरलाई सदुपयोग गरिरहेको प्रतित हुन्थ्यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गम्भीर मुद्रामा देखिएका ओली भुटानका अन्तरिम सरकारका सल्लाहकार एवम् प्रधानन्यायाधीश दासो छिरिङ वाङचुकसँग निकै हर्षित मुद्रामा सम्वादमा उत्रिएका थिए । चौथो सम्मेलनको समाप्तीसँगै नेपालले अध्यक्षता श्रीलंकालाई हस्ताक्षर गरेको छ ।

Womui
Womui