शैक्षिक अवस्था सुधार्न निर्माण गरिएको ‘ईआरपी’ प्रणाली प्रतिस्थापन

333

नेपालगन्ज, भदौं १३-
शैक्षिक अवस्था सुधार गर्न निर्माण गरिएको ‘ईआरपी’ प्रणाली प्रतिस्थापन गरिएको छ । सामुदायिक बिद्यालयको शैक्षिक अवस्था खस्किरहेका बेला उक्त प्रणाली तयार गरिएको हो । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ अगैयास्थित नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयमा उक्त प्रणाली प्रतिस्थापन गरिएको छ । इम्पेटस टेक्नोलोजी नेपाल प्रालिले तयार गरेको उक्त प्रणालीले उक्त प्रणालीले शिक्षक, अभिभावक, बिद्यार्थी र स्थानीय सरकारलाई एप्समार्फत जोड्ने हुँदा शैक्षिक गुणस्तरमा धेरै सुधार गर्ने प्रालिले जनाएको छ ।

इम्पेटस टेक्नोलोजी नेपालका प्रबन्ध निर्देशक जीवन गुरागाईले प्रदेश १ र २ का केही सामुदायिक बिद्यालयमा सञ्चालनमा आईसकेको उक्त प्रणालीलाई प्रदेश पाँचको बाँकेमा पहिलो पटक परिक्षण गरिएको बताएका छन् । उनले भने, ‘यो प्रविधीले शिक्षक र बिद्यार्थी स्कुलमा नियमित रुपमा हाजिर भए/नभएको, बिद्यार्थीलाई शिक्षकले पढाएको वा नपठाएको, जस्ता हरेक गतिविधीलाई रेकर्ड राख्छ, शिक्षक, बिद्यार्थी, अभिभावक र स्थानीय सरकारलाई प्रत्यक्ष जोड्ने भएको हुँदा यो महत्वपुर्ण छ ।’ उक्त प्रणालीमार्फत बिद्यालयको सम्पुर्ण गतिविधीको निगरानी अभिभावक र गाउँपालिकाले गर्न सक्ने जनाए । नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयमा ‘नमुना’ को रुपमा सञ्चालन गरिएको उक्त प्रणालीलाई प्रदेश पाँचका सबै जिल्लामा क्रमिक रुपले पुर्याउने संस्थाको योजना छ । यसका लागि सम्बन्धित बिद्यालय वा स्थानीय तहसँग सहकार्य र सम्झौता गर्नुपर्ने गुरागाईले बताए ।

गाउँपालिका अध्यक्ष लाहुराम थारुले उक्त प्रणालीलाई यसवर्ष केही बिद्यालयमा जोड्ने योजना रहेको बताए । ‘बजेटको अवस्था हेरी केही बिद्यालयमा यो प्रणाली लागु गर्ने सोचमा पुगेका छौं,’ उनले भने । प्रविधीको विकासले शैक्षिक गुणस्तर सुधारमा ठुलो टेवा पुग्ने अध्यक्ष थारुले विश्वास गरे । उक्त प्रणालीले शिक्षक र बिद्यार्थीलाई शैक्षिक गतिविधीमा सामेल हुन बाध्य गराउने भएको हुँदा स्वतः शैक्षिक गुणस्तरमा सुधार हुने सरोकारवालाले विश्वास गरेका छन् । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, वडा नम्बर १ का अध्यक्ष चन्द्रबहादुर ओली, राप्तीसोनारी शिक्षा शाखा प्रमुख एवम् बिद्यालय निरीक्षक जीवन न्यौपाने, शिक्षक संघका जिल्ला सचिव ऋषिराज शर्मा,  कोहलपुर उद्योग ब्यापार संघका पुर्वअध्यक्ष राजेन्द्र श्रेष्ठ, पत्रकार महासंघ प्रदेश पाँचका महासचिव भेषराज बस्नेत लगायतले उक्त प्रणालीले शैक्षिक गुणस्तर सुधारमा टेवा पुर्याउने विश्वास गरे ।

Womui
Womui