रौतहटको लालबकैया नदीमा डुंगा पल्टिँदा दुई दर्जन भन्दा बढी यात्रु बेपत्ता

225

छिनछिन खबर
रौतहट, भदौ ९ । रौतहटको गौर नगरपालिका ४ लालबकैया नदीमा डुंगा पल्टिँदा डुंगामा सवार दुई दर्जन भन्दा बढी यात्रु बेपत्ता भएका छन् । जम्मा डुंगामा सवार यात्रु ४० जनामध्ये १५ जना सम्पर्कमा आएका छन् । वेपत्ताको खोजी तीव्र भइरहेको छ । सम्पर्कमा आउनेमा डुंगा चालक इस्नाथ नगरपालिका बन्जाराहाका पप्पु सिंह, गौर ४ का २३ वर्षीय विजय चन्द्रवंशी, ५० वर्षीया सीतादेवी सहनी, ३४ वर्षीया सीमादेवी सीतापति देवी सहनीसहित १५ जना रहेका छन् ।

उनीहरू पौडी खेलेर सकुशल प्रहरी सम्पर्कमा आएको रौतहटका प्रहरी प्रशासनले जनाएको छ । शसस्त्रको टोलीले गौर ४ का जयप्रकाश गिरी, सुखियादेवी सहनी, शिरिभगवान यादव, महेन्द्र सहनी, विश्वनाथ साह, अंगद कश्वान, सन्तोष दास, गजेन्द्र सहनीलाई उद्दार गरेको छ । उद्धारको लागि सुरक्षाकर्मी, स्थानीय पौडीबाज, विपद व्यवस्थापनसँग सम्बन्धि संस्थाका स्वयं सेवक परिचालन गरिएको छ । बन्जाराहबाट सदरमुकाम गौरको टिकुलियाघाटतर्फ आउँदै गरेको डुंगालाई लालबकैया खोलामा आएको बाढीले शनिबार साँझ ७ बजेतिर बगाएको हो ।

Womui
Womui