निर्मला हत्या आन्दोलनमा गोली चल्दा तीन घाइते

42

छिनछिन खबर

कञ्चनपुर, भदौ ७ । निर्मला हत्या आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले गोली चलाएको छ । गोली लागेर तीन जना घाइते भएका छन् ।बालिका निर्मला पन्तको हत्या र बलात्कारको प्रहरीले निष्पक्ष अनुसन्धान नगरेको भन्दै स्थानीयहरुले मंगलबारदेखि आन्दोलन चर्काएका हुन् । बिहीबार जिल्ला प्रशासन कार्यालय अगाडि भएको प्रदर्शनमा प्रहरीले सुरुमा अश्रुग्यास चलाएको र पछि गोली हानेको स्थानीयले बताएका छन् । प्रहरीले गोली प्रहारको घटनाबारे केही बताएको छैन ।

 

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षिया पन्तको साउन १० गते बलात्कारपछि हत्या भएको थियो । सोमबार प्रहरीले पन्तको बलात्कार र हत्याको अभियोगमा स्थानीय दिलिपसिंह बिष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । मानसिक रोगी रहेका व्यक्तिलाई अभियुक्तका रुपमा प्रस्तुत गरेर वास्तविक अभियुक्त जोगाउन खोजेको मृतकका आफन्त र स्थानीयले आरोप लगाएका छन् ।एसपी र सिडिओको सरुवा गरी घटनाको फेरि अनुसन्धान गर्नुपर्ने स्थानीयको माग छ ।प्रदेश प्रहरी कार्यालयले बिहीबारदेखि जिल्लामा एसएसपी बिक्रम चन्दलाई खटाएको थियो ।

Womui
Womui