देवानी संहितामा घरबहालको नयाँ नियम, डेरावाललाई निकालेपछि ३ महिनासम्म कसैलाई भाडामा राख्न नपाइने

154

छिनछिन खबर
काठमाडौं, साउन ३० । घरधनीले घर बहालमा दिंदा उपलब्ध भएसम्म पानी तथा विजुलीको आपूर्ति र ढल निकास तथा सरसफाईको व्यवस्था गर्नु पर्ने भएको छ । सरकारले यही भदौ १ गतेबाट लागू गर्न लागेको मुलुकी देवानी (संहिता) ऐन २०७४ ले यस्तो ब्यवस्था गरेको हो । नयाँ ऐन अनुसार बहालमा दिएको घरको कानून बमोजिम लाग्ने कर लगायत अन्य दस्तुर बुझाउनु पर्ने दायित्व घरधनीको हुनेछ ।

 

 

बहालमा दिएको घरको आवश्यक मर्मत सम्भार गर्ने दायित्व भने बहालमा लिने व्यक्तिको हुनेछ । घर धनी आफैँलाई घर आवश्यक भएमा वा घरबाट मानिस हटाई घरको मर्मत सम्भार गर्नु परेमा घरधनीले वाहालवालालाई हटाउन सक्ने ब्यवस्था ऐनमा छ । तर यसरी घरधनीले बहालमा लिएको व्यक्तिलाई हटाएमा त्यस्ता घर आफूले प्रयोग नगरी ३ महिनासम्म अन्य व्यक्तिलाई बहालमा दिन भने पाउने छैन । घर बहालको अवधि पाँच वर्षमा नबढाई सम्झौतामा उल्लेख गरे बमोजिम हुनेछ । तर, व्यापारिक प्रयोजनका लागि घर बहाल दिएमा सम्झौतामा उल्लेख भए बमोजिम हुने ऐनमा उल्लेख छ ।

घर लिने कुनै व्यक्ति बिना सूचना तीन महिना वा सोभन्दा बढी अवधिसम्म बहाल रकम नबुझाई बेपत्ता भएमा र त्यस्तो ब्यक्तिलाई सार्वजनिक रूपमा सूचना गर्दा वा निजको ठेगानामा पत्राचार गर्दा पनि फेला नपरेमा वा फेला परेपनि निज वा निजका कुनै हकवाला वा प्रतिनिधि उपस्थित नभएमा घरधनीले स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा त्यस्तो व्यहोराको निवेदन दिएर घर खाली गर्न सक्नेछ ।

Womui
Womui