नेपालगन्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउन अध्ययन

29

नेपालगन्ज, साउन २४ । नेपालगन्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउन सम्भाव्यता अध्ययन थालिएको छ । महानगरपालिका बनाउन के कस्ता पूर्वाधार आवश्यक पर्छन्, भौगोलिक क्षेत्र कति बढाउनुपर्छ, जनसंख्या कति हुनुपर्छ, भौतिक पूर्वाधारको विस्तार लगायतका सम्भावनाबारे छलफल चलाएका छौँ’, नगर प्रमुख डा. धवलशम्शेर राणाले भने । महानगरपालिका बनाउन यसअघि बसेको नगरसभाबाट प्रस्ताव पारित भएको र सम्भाव्यता अध्ययनका लागि २५ लाखसमेत छुट्याइएको छ ।


प्रदेश नं. ५ सरकारले यस प्रदेशमा तीन महानगरपालिका बनाउन योजना अगाडि सारेको छ । सोही अवधारणा अनुसार नेपालगन्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउन सम्भाव्यता अध्ययन थालिएको हो। प्रदेश नं. ५ सरकारले बुटवल र भैरहवा, तुलसीपुर र घोराही तथा नेपालगन्ज, कोहलपुर र खजुरालाई मिलाएर तीन महानगरपालिका बनाउने अवधारणा अघि सारेको छ । ‘अबको स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाइसक्ने गरी पूर्वाधार जुटाइ सक्छौँ’, राणाले भने । बाँकेको कोहलपुर, जमुनहा, मानखोला र राप्ती नदीवारिसम्मको क्षेत्रलाई समेटेर महानगरपालिका बनाउन सकिने आधारमा अध्ययन थालिएको हो । महानगरपालिका बनाउन कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा, जानकी र डुडुवा गाउँपालिकालाई गाभ्ने योजना छ ।
रासस

Womui
Womui