खाडी मुलुक जान लागेका १६ महिलाको दिल्लीबाट उद्धार

144

नेपालगन्ज, साउन २३-
भारतबाट अवैध रुपमा खाडी मुलुक जान लागेका १६ जना नेपाली महिलाको उद्धार गरिएको छ । कामका लागि भन्दै खाडी मुलुक जाने तयारीमा रहेका उनीहरुलाई दिल्लीको मैदानगढी भन्ने ठाउँबाट दिल्ली महिला आयोग, दिल्ली प्रहरी, रेक्यु फाउण्डेशनको सहयोग र नेपाली दुतावासको समन्वयमा माईती नेपालले उद्धार गरेको हो । माईती नेपाल नेपालगन्जका क्षेत्रीय संयोजक केशब कोईरालाका अनुसार उद्धार गरिएका महिलाहरु १८ वर्षदेखी ३६ वर्ष उमेरका रहेका छन् ।

उनीहरुलाई मानव दलालले फरक-फरक मितिमा विभिन्न नाकाबाट छिराएर भारत पुर्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘महिलाले बयानमा स्वच्छिक रुपमा दिल्ली गएको भनेका छन्, तर उनीहरुलाई मानव दलालले भ्रममा पारेर लगेको हाम्रो आशंका छ,’ कोईरालाले भने । उद्धार गरिएका केही महिला माईती नेपालको जिल्ला कार्यालयको संरक्षणमा र केही पारिवारीक पुर्नमिलन भईसकेको कोईरालाले जानकारी दिए । उनीहरु पाल्पा, रुपन्देही, बाँके, मोरङ, झापा, नवलपरासी, दैलेख, दाङ लगायतका जिल्लाका रहेका छन् । नेपाल सरकारले भारतबाट खाडी मुलुक जान प्रतिबन्ध लगाएको छ । त्यहाँबाट मानव दलालले कामको प्रलोभन देखाएर निःशुल्क भिसामा खाडी मुलुक लैजाने र त्यहाँ पुर्याईसकेपछि श्रम तथा यौन शोषण गर्ने प्रवृत्ती बढेको छ ।

दिल्लीबाट खाडी मुलुक पुर्याईएका थुप्रै नेपाली महिला अझैपनि सम्पर्क बिहिन हुन पुगेका छन् । उनीहरु लामो समयदेखी परिवारको सम्पर्कमा आएका छैनन् । उनले उद्धार दाङ, बाँके, दैलेख, पाल्पा, नवलपरासी, रुपन्देही, मोरङ, झापा लगायत जिल्लाका महिला रहेको जानकारी दिए । नेपालगन्ज नजिकका महिलालाई यहिँ राखेर परिवारसँग पुनर्मिलन गराउने प्रयास भइरहेको कोइरालाले बताए । ‘उद्धार गरि दिल्लीबाट ल्याइएका महिलालाई परिवारको जिम्मा लगाउने तयारी भएको छ,’ उनले भने ।

कतिपय महिलाका परिवार नेपालगन्ज आइसकेको र केहि बाटोमा भएको उनले स्पष्ट पारे । भारतबाट ल्याइएका महिलाले आफूहरु स्वच्छिक रुपमा भारत हुँदै खाडीमुलुक जान लागेको माइती नेपाल समक्ष बयान दिएका छन् । नेपालको बाटो भएर खाडीमुलुक जान सरकारले प्रतिवन्ध लगाएपछि आफूहरु भारत भएर खाडीमुलुक जान लागेको प्रतिक्रिया दिएका छन् ।

Womui
Womui