नेकपाका नेता खड्गबहादुर विक ‘प्रकाण्ड’ लाई पाँच दिन थुनामा राखेर अनुसन्धान गरिँदै

132

छिनछिन खबर
काठमाडौं, साउन २३ । काठमाडौं जिल्ला अदालतले नेकपा (विप्लव) का प्रवक्ता खड्गबहादुर विक ‘प्रकाण्ड’ सहित ३ जनालाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अदालतको अनुमतिपछि प्रहरीले अनुुसुन्धान थालेको जनाएको छ । बुधबार अपरान्ह जिल्ला अदालत काठमाडौंमा लगिएका प्रकाण्डलाई थुनामै राखेर थप अनुसन्धानको काम अघि बढाउन प्रहरीलाई अनुमति दिइएको हो ।
उनीसहित ३ जनालाई काठमाडौंको चाल्नाखेलबाट प्रहरीले पक्राउ गरेको थियो । गत वर्ष स्थानीय र आमचुनावमा विभिन्न स्थानमा हिंसा भड्काएको र चन्दा असुली गरेको उजुरीको अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो ।

उनीसँगै पक्राउ पर्नेमा स्वकीय सचिव मनबहादुर श्रेष्ठ र चालक हरिशचन्द्र आचार्य पनि रहेका छन् । उनीहरूबाट बरामद कागजात हेर्दा ७ करोड रूपैयाँ चन्दा उठाएको देखिएको प्रहरीले जनाएको छ । प्रकाण्ड पूर्वमन्त्री समेत हुन् ।

Womui
Womui