‘मेरी मामु’ प्रर्वद्धनमा कलाकार

43

विजय मल्ल
नेपालगन्ज, साउन २२- 
आशुसेन फिल्मस् प्रालिले आफ्नो चौथो प्रोजेक्टको रुपमा ‘मेरी मामु’ तयार पारेको छ । बाल मनोविज्ञानमा अधारित उक्त नेपाली कथानक चलचित्र आगामी भदौ १५ गतेदेखि देशैभर एकसाथ रिलिज हुने भएको छ । एउटा बालक र उसको आमाको आत्मियताको कथालाई चलचित्रले उठान गरेको मेरी मामुकी नायिका अश्लेसा ठकुरीले बताईन् । चलचित्र मेरी मामुको प्रवद्र्धनमा आएकी नायिका अश्लेसा ठकुरीले भनिन्, ‘बालबालिका र अभिभावकबीचको सम्बन्ध तथा अभिभावक नभएका बालबालिकाको स्वभावलाई चित्रण गरी फिल्मको कथा सुरु गरिएको छ । उनले चलचित्रमा बालबालिकामा हुने बाल मनोविज्ञानका कुराका साथै मनोरञ्जनात्मक सन्देशले भरिपूर्ण भएकाले पूर्णरुपले पारिवारीक चलचित्र भएको बताइन् ।

यसअघि अश्लेसा अभिनित चलचित्र प्रेम गीत–२ को सफलतापछि उनले मेरी मामुमा पनि आफ्नो अभिनयलाई सबैले रुचाइदिने अपेक्षा लिएको बताईन् । उनले चलचित्रमा बालकको मुख्य रोल भएको जानकारी दिदै आफु आमा र साथीको रोलमा देखिएको बताउदै चलचित्र पूर्ण परिवार परिवारबीचको सम्बन्धमा आधारित भएर निर्माण भएको दाबी गरिन् । सोही चलचित्रका नायक सारुक ताम्राकारले चलचित्रले खास गरी बालबालिकालाई सन्देश दिने भएकोले आफुहरु चलचित्रको प्रमोशनको लागि विभिन्न विद्यालयमा गएर चलचित्रका बारेमा जानकारी गराउने गरेको बताए । मेरी मामुले समाजमा रहेको तर, कसैले ध्यान दिन नसकेको बालबालिकाको विषयबस्तुलाई आधार बनाएर मेरीमामु तयार पारेकोले एकपटक परिवारसहित हेर्ननभुल्न अनुरोध गरे ।

सन्तोष सेनको निर्माणमा तयार भएको यो चलचित्रलाई यम थापाले निर्देशन गरेका छन् । चलचित्रका निर्माता सेनका ७ बर्षिय छोरा आयुब सेनको साथमा, नायक सारुक ताम्राकार, नायिका अश्लेषा ठकुरी, कुसुम गुरुङ, दुर्गा मल्लको मुख्य भूमिका रहेको छ ।

Womui
Womui