बालक अपहरण गर्ने दुई अपहरणकारी प्रहरी इन्काउन्टरमा मारिए

93

छिनछिन खबर
काठमाडौं, साउन २१ । भक्तपुरको ठीमीमा सोमबार प्रहरी इन्काउन्टरमा परी २ अपहरणकारीको मृत्यु भएको छ । महानगरीय अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहका अनुसार आइतबार साँझ काँडाघारीबाट अपहरणमा परेका निशान्त खड्काको शव भेटिएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा ठिमीमा अपहरणकारी लुकेको सूचना आएको थियो ।


उनीहरूलाई खोज्दै गएको प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले चलाएको गोली लागेर दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा अजय तामाङ र गोपाल तामाङ रहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ । तामाङद्वयले सोमबार बिहाना निशान्तकी आमालाई फोन गरी ४० लाख रुपैयाँ फिरौती मागेका थिए ।

Womui
Womui