टोकियो ओलम्पिकमा भाग लिने महिला फुटबल छनोट तालिका सार्वजनिक, नेपाल समूह ’सी’ मा

189

छिनछिन खबर
काठमाडौं, साउन २० । सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक खेलकुद अन्तर्गत महिला फुटबलको छनोट तालिका सार्वजनिक गरिएको छ। । ओलम्पिकका लागि सुरुमा एसियाको छनोट तालिका सार्वजनिक गरिएको हो । पहिलो चरणको छनोटमा नेपाल समूह ’सी’ मा परेको छ । नेपाल रहेको समूहमा भारत, बंगलादेश र म्यानमार परेका छन् । नेपालले पहिलो खेल भारतसँग हुनेछ ।

एसियाको पहिलो चरणको छनोटमा नेपालसहित १८ देशले भाग लिएका छन् । १८ देशलाई चार समूहमा विभाजन गरिएको छ । जहाँबाट समूह र उपविजेता गरी ८ र उत्कृष्ट हुने २ तेस्रो टिम गरी १० टिम दोस्रो चरणमा पुग्नेछन् । दोस्रो चरणमा १२ टिमबीच प्रतिस्पर्धा हुनेछ । १ि२ टिमलाई ३ समूहमा विभाजन गरिनेछ । समूह विजेता ३ टिम तेस्रो चरणमा पुग्नेछन् । तेस्रो चरणमा दोस्रो चरणमा पार गरेका ३ टिम र सिधै पुगेका ५ टिम गरी ८ टिमबीच प्रतिस्पर्धा हुनेछ । अस्ट्रेलिया, चीन, उत्तर कोरिया, दक्षिण कोरिया र थाइल्यान्ड सिधै तेस्रो चरणमा प्रवेश गरेका छन् । २ समूहबीच प्रतिस्पर्धा हुने विजेता र उपविजेता गरी ४ टिम अन्तिम चरणमा पुग्नेछन् ।

उत्कृष्ट २ टिम टोकियो ओलम्पिकमा छनोट हुनेछन् । ओलम्पिकको महिला फुटबलमा एसियाबाट ३ वटा कोटा छ । जापान आयोजकको हैसियतमा छनोट भइसकेकाले बाँकी २ स्थान छनोट प्रतियोगिताबाट हुने लागेको हो । ओलम्पिकको महिला फुटबलमा विश्वभरबाट छनोट भएका १२ टिमबीच प्रतिस्पर्धा हुनेछ ।

Womui
Womui