पाँचौपटक मन्त्रिपरिषद विस्तार, अब २५ मन्त्री

127

छिनछिन खबर
काठमाडौं, साउन १८ । केपी शर्मा ओली प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् २५ सदस्यीय पुगेको छ । जसमा २२ मन्त्री र तीन राज्य मन्त्री छन् । ओलीले शुक्रबार भानुभक्त ढकाललाई कानून, न्याय तथा संसदीय व्यवस्था र पद्मा अर्याललाई सहकारी तथा गरीबी निवारणमन्त्री नियुक्त गरे । ढकालले रिक्त कानुन मन्त्रीको जिम्मेवारी पाएका हुन् भने अर्याललाई बढुवा गरिएको हो । दुवै जना नेकपाबाट प्रतिनिधिसभामा निर्वाचित हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।


यसैगरी राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानमन्त्री ओलीले नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवलाई पद तथा गोपनीयताको शपथ गराए । मन्त्रिमण्डलमा नेकपा र संघीय समाजवादी फोरम नेपाल सहभागी छन् जसमा चार जना महिला छन् ।
ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते गठन भएको मन्त्रिपरिषद् गत वर्ष फागुन १४ र चैत २ तथा यसवर्ष जेठ १८ गते विस्तार भएको थियो । यो पाँचौँ पटकको विस्तार हो ।

Womui
Womui