करियर कसरी बनाउने ? जान्नैपर्ने ५ टिप्स

274

काठमाडौं, साउन १८ (एजेन्सी) । यदि तपाईं कलेजको विद्यार्थी हुनुहुन्छ वा भर्खर कलेजमा भर्ना हुन लाग्नु भएको छ ? छ भने तपाईं आफ्नो जीवन र करियरको विषयमा आफैं निर्णय लिन सक्नुहुन्छ । यो यस्तो समय हो, जब तपाईंले लिएको एउटा निर्णयले तपाईंको भविष्यमा असर गर्नसक्छ ।


आज हामी तपाईलाईं विज्ञहरुले बताएका केही टिप्स दिन गइरहेका छौं, जुन टिप्सबाट तपाईंले यो आफ्नो करियर बनाउनका लागि धेरै कुरा जान्न सक्नुहुने छ ।

१. यदि तपाईं आफ्नो भविष्यका लागि कुनै क्षेत्र रोजिसक्नुभएको छ भने त्यो राम्रो हो । छैन भने सबैभन्दा पहिला आफ्नो जिवनका लागि सही र उचित क्षेत्रको छनोट गर्नुहोस् । र, त्यही क्षेत्रसँग संलग्न कुनै पनि विषयमा विशेषज्ञता बनाउनुहोस् । आजको समय विशेषज्ञताको हो । तपाईंले कुनै विषयमा विशेषज्ञता हासिल गर्न सक्नुभयो भने यसले तपाईंलाई क्षमता विकासका लागि मद्दत गर्नेछ ।
२. कुनै क्षेत्रमा विशेषज्ञता प्राप्त गरेपछि एउटा लक्ष्य बनाउनुहोस्, कि २४ वर्षको उमेरसम्म तपाईंको हातमा एउटा राम्रो करियर परिसकेको हुनेछ । तपाई कुनै राम्रो व्यवसायी वा विषयगत विज्ञ पनि बन्न सक्नुहुन्छ ।
३. तपाईं भविष्यमा के गर्न चाहनुहुन्छ ? यसको निर्णय तपाईं आफैंले आफ्नो क्षमताअनुसार लिनुपर्ने हुन्छ । तपाईंको साथी के गर्दैछन् सोचेर कुनै निर्णय नलिनुहोस् । निर्णय लिने समयमा यो पनि सोच्नुस् कि तपाईले रोजेको क्षेत्रमा ५ देखि ७ वर्षपछि कस्तो स्कोप रहनेछ ।
४. एसइइदेखि १२ कक्षासम्म हरेक कोलोनीमा जो कोही पनि साथी हुन सक्छन् । तर, यसपछिको समयमा तपाईले कलेज भर्ना भएपछि मित्रतामा पनि सेलेक्टिभ हुन आवश्यक हुन्छ । राम्रो साथीको पहिचान गर्न सिक्नुहोस् । ती मानिसहरु जो तपाईंको पढाइ र करियरका लागि समस्या बनेका छन्, उनीहरुलाई आफ्नो लिस्टबाट हटाउनुहोस् । यसको मतलब ती साथीहरुलाई आफ्नो जीवनबाट बाहिर निकाल्ने भने हैन । उनीहरुसँग सम्बन्ध बनाई राख्नुस् । हर कोही कुनै समय काम लाग्नेछन् ।
५. अब तपाईले प्रोफेसनल बन्न पनि सिक्नुपर्ने हुन्छ । यदि रोजगार सुरु गर्नुअघि नै तपाइले प्रोफेसनल बन्न सिक्नुभयो भने भविषयमा कुनै अफिसमा काम गर्न तपाईंलाई असहज हुने छैन । यसले तपाईलाई कुनै समस्या निम्त्याउन दिँदैन र भविष्यमा आफ्नै व्यवसाय गर्दा पनि यसले धेरै मद्दत पु¥याउने छ ।

Womui
Womui