गृह मन्त्रालयले चन्दा र पुरस्कारमा किन बाँड्योे ३१ करोड ८० लाख रुपैयाँ ?

34

छिनछिन खबर
काठमाडौं, साउन ११ । गृह मन्त्रालयले गत आर्थिक वर्षमा विभिन्न संघ सस्थालाई तथा व्यक्तिलाई ३१ करोड ८० लाख २७ हजार ७० रुपैयाँ चन्दा पुरस्कारमा खर्च गरेको छ । गृहले आन्दोलनमा क्रममा मृत्यु भएका ११ जनालाई १० लाखको दरले बाँडेको रकम सहित सो खर्च गरेको हो ।


गृहले २०७४ साउन देखि पुस महिनासम्मको ९ महिना अवधिमा २ हजार १८९ जनालाई चन्दा र पुरस्कार शीर्षकमा २८ करोड ९८ लाख २७ हजार ७० रुपैयाँ वितरण गरेको तथ्य भेटिएको छ । त्यसैगरी मन्त्रालयले माघदेखि असार मसान्तसम्म दुई करोड ८२ लाख रुपैयाँ चन्दा तथा पुरस्कारमा खर्च भएको र उक्त रकममा आन्दोलनको क्रममा मृतक भएको रकमसहित भएको बताएकोे छ ।

त्यसैगरी अर्थ मन्त्रालयले गत आर्थिक बर्षको अन्तिम पाँच महिना (०७४ फागुन देखि ०७५ असार मसान्तसम्म) ३५ लाख रुपैयाँ वैदेशिक भ्रमणमा खर्च गरेको जनाएको छ । अर्थले अघिल्लो आर्थिक वर्षको २०७३ फागुन महिनादेखि ०७४ असारसम्म विभिन्न देशको भ्रमणमा दुई करोड ३५ लाख रुपैयाँ खर्च गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा अर्थले एक करोड ६५ लाख कम खर्च गरेको हो ।

Womui
Womui