डा. गोविन्द केसीले तोडे अनशन, सबै माग पूरा

105

छिनछिन खबर
काठमाडौं, साउन १० । २७ दिनदेखि अनशनरत डा. गोविन्द केसील बिहीबार राति अनसन तोडेका छन् । सरकार पक्षबीच बिहीबार राति साढे दस बजे हस्ताक्षर भएपछि डा. केसीको २७ दिने अनशन तोडिएको हो । चिकित्शा शिक्षा कार्यदलका प्रमुख केदारभक्त माथेमा र नेपाल कम्युनिस्ट पार्टीका नेता सुवासचन्द्र नेम्वाङले संयुक्त रुपमा अनशन तोडाएका थिए ।


सरकार र डा. केसी पक्षबीच नौबुँदे सहमतिमा हस्ताक्षर भएको छ । डा. केसीका २२ वटै मागमा सरकारले सहमति गरेको छ । दस वर्षभित्र उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न नपाउने सहमति सरकार र केसी पक्षबीच भएको छ । एउटा विश्वविद्यालयबाट पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने सहमति पनि केसी र सरकार पक्षबीच भएको छ । सरकारसँग भएको सहमतिलाई संसदबाट पनि अनुमोदन गरेर प्रक्रिया अनुसार अघि बढाउने सहमति भएको छ ।

‘सबै विषयमा डा. केसीसँग सहमति भएको छ, केसीका मागका २२ वटा मागमै सहमति जुटेको छ,’ केसी पक्षका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले भने ।

Womui
Womui