इन्टरनेटमा थप कर लगाउने निर्णयबाट सरकार पछि हट्यो, पुरानै मूल्य कायम

59

छिनछिन खबर
काठमाडौं, साउन १० । सरकारले इन्टरनेट तथा टेलिफोन कर बढाउने भनी गरेको निर्णयबाट पछि हटेको छ । इन्टरनेट तथा दुरसंचार सेवामा कर बढाउने निर्णयको जनस्तरबाट ब्यापक बिरोध भएपछि सूचना तथा संचार मन्त्रालयले कार्यदल गठन गरी अध्ययनको बहाना गरेकोमा सो कार्यदलबाट मूल्य बढ्ने गरी कर नलगाउने निर्णय भएको जनाइएको छ ।


मूल्य समायोजनबारे अध्ययन गर्न मन्त्रालयले बनाएको कार्यदलले बढाइएको मूल्य हटाउने सहमति भएको छ । संचार मन्त्री गोकुल बास्कोटाले इन्टरनेटको मूल्यलाई वैज्ञानिक बनाउने भन्दै कर बृद्धि हटाईएको बताएका छन् । सरकारले नयाँ बजेटमा उल्लेख गरी इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार दस्तुर लगाएपछि सर्बसाधारणले ब्यापक बिरोध गरेका थिए । अब इन्टरनेट सेवामा एक पैसा पनि थप नहुने पक्का भएको छ ।

Womui
Womui