रोकिएन विमानस्थलमा सुन समातिने क्रम, फेरि ४ किलो सुन समातियो

310

छिनछिन खबर
काठमाडौं, साउन ९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन समातिने क्रम जारी छ । बुधमार फेरि करिब ४ किलो सुन समातिएको छ ।
मंगलबार मात्र प्रहरीले ३ किलो अवैध सुन सहित पाँच जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो । बुधबार पनि प्रहरीले त्रिभुवन विमानस्थलबाट सुन सहित दुई थाइ नागरिकलाई पक्राउ गरेको हो ।


थाई एयरलयान्सको फ्लाइट नम्बर टिजी ३१९ नम्बरको विमानबाट काठमाडौं आएका दुई जना थाइ नागरिकलाई प्रहरीले ३ किलो ६ सय ८० ग्राम सुनसहित नियन्त्रणमा लिएको विमानस्थल प्रहरीले जनाएको छ । उनीहरुले सुनको माला, बाला, घडीको कभर, सिक्का लगायत बनाएर सुन ल्याएका थिए । तीन दिनको अवधिमा विमानस्थलबाट करिब १० किलो सुन बरामद भएको छ ।

Womui
Womui